Wednesday 11th March 2026

विश्व हिन्दु महासंघ अब एक हुने !!

कवच सम्बाददाता –
विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समिति बाँसबारी र विश्वहिन्दू महासंघ कलङ्की बीच एकता हुने भएको छ। विश्व हिन्दु महासंघ अन्तराष्ट्रिय समितिले आधिकारिक रुपमा अनुमोदन गरेपछि अब यी दुई महासंघ एक हुने भएका हुन्। यही बैशाख ८ गते रामनवमीका दिन विश्व हिन्दू महासंघ ४१ औं स्थापना दिवसका दिन औपचारिक रुपमा एकता घोषणा गरिने महासंघकी महासचिब अस्मिता भण्डारीद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ। बिज्ञप्तिमा भनिएको छ – “संसारभरिका हिन्दू ओमकार परिवारको छाता संस्था विश्व हिन्दु महासंघ २०३७ सालमा श्री राम नवमीका दिन स्थापना भै विश्वका बिभिन्न मुलुकहरूमा इकाई स्थापना गरी सक्रिय रहँदै आएको छ। विश्व हिन्दु महासंघ अन्तरास्ट्रिय अन्तरगत नेपाल राष्ट्रिय समिति बाँसबारी र नेपाल राष्ट्रिय समिति दर्ता नम्बर ३३८ कलङ्की परिस्थितिबस अलग रही संचालन भै आएकोमा दुवै समितिको अथक प्रयासबाट सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूलाई एकताको सुत्रमा आवद्ध गर्नलाई दुवै समिति बीच एकता भै नेपाल राष्ट्रिय समितिका रुपमा कार्य संचालन गर्ने गरी विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिले अनुमोदन गरेको छ।”
साथै, बिज्ञप्ति मार्फत राम नवमीका दिन एकता घोषणा कार्यक्रम नै गरी सार्वजनिक रुपमा उद्घोष गरिने पनि उल्लेख छ। एउटै नाम र उद्देश्य बोकेका विश्व हिन्दू महासंघ अलग अलग समूहबाट नेतृत्व भै कार्य गर्दै आएकोमा सर्वत्र आलोचना पनि हुँदै आएको थियो |

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...