Friday 6th March 2026

गाई तस्करको जालो रोक्न योगी सोमराजको सकृयता

 – ध्रुब ढुङ्गाना ,बुटवल 
गाईतिहारको मध्यराती नबलपरासीको भुमहीबाट नियन्त्रणमा लिइएका २९ गाइगोरु रुपन्देहीको देवदह कामधेनु गौशालामा ल्याइएको छ । आज गौशालामा पत्रकार सम्मेलन गर्दै प्रहरी प्रशासनले यसका दोेषिलाई उम्काउन कसरत गरिरेहेको गोब्रती योगी सोमराजले आरोप लगाउनुभयो।पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार गाईगोरु नेपाल हुँदै बंगालादेश लैजान तस्करहरुले लाइन क्लीयर गरेका थिए ।एक ट्रक गाई रुपन्देहीका सेमरा क्षेत्र (धकधही) बाट भेष बदेलेर योगी स्वयमले नवलपरासीको भूमहीमा प्रहरी लगाएर नियन्त्रण गरि उद्धार गरिएको थियो।रुपन्देहीबाट उठाइएका ती गाईबस्तुहरु झापा हुँदै बंगालादेश पुयाउनको लागि लु २ ख ६०४ नम्बरको  ट्रकमा प्रयोग गरिएको थियो । अहिले सो ट्रक सहित चालक र सह-चालकलाई  नियन्त्रणा लिइएको छ भने दुई जना फरार रहेका छन् ।
नियन्त्रणमा लिएका  ९ बटा गोरु तथा २० वटा गाई  र चालक परासीका महिन उद्धिन अलि र सह  चालक सोही ठाउँका राजु यादव अहिले रुपन्देहीको कामधेनु गौशालामा रहेका छन् ।योगी सोमराजले पटक-पटक तस्करी गरेर ल्याएर गाईहरुलाई रोक्ने र प्रशासनलाई बुझाउने कार्य गर्दे आउनुभएको छ। उहाँले अहिले नियन्त्रणमा लिएका गाईहरुको तस्करलाई कारवाहीको दायरामा ल्याउनुर्ने बताउनुभयो। नियन्त्रणमा लिएका चालकले आफूहरुलाई झापासम्म गाई पुर्याउने गरी लोड गर्न लगाएको बताएका छन् । चालकले फरार रहेका दुई जना चाहिंँ आफूले नचिनेको दावी गरेका छन्  । चालकले लिएका नक्कली कागज पत्रमा ३१ वटा गोरु ल्याउने उल्लेख गरे पनि ९ वटा गोरु रहेका छन् ।  योगीले तस्करलाई कारवाही नभएसम्म ट्रक चालक र गाईहरु आफूसगँ सुरक्षित  रहेको बताउनुभएको छ । साथै उहाँले तस्करी रोक्न सवैलाई आग्रह गर्नुभएको छ। ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...