Saturday 11th April 2026
ललितपुरको पुल्चोकमा भएको रातो मत्स्येन्द्रनाथको रथ यात्रा तान्ने क्रममा झडप ।

ललितपुरको पुल्चोकमा भएको रातो मत्स्येन्द्रनाथको रथ यात्रा तान्ने क्रममा आज झडप भएको छ। झडपका क्रममा युवाहरुको समूहले एक जना ट्राफिक प्रहरी जवानमाथि निर्घात कुटपिट गरेका छन् ।
कोभिड–१९ (कोरोना भाइरस) को महामारीका बीच ड्यूटीमा खटिएका जवान कमलप्रसाद घिमिरेमाथि कुटपिट भएको समाचारमा जनाइएको छ। प्रशासनको निषेधका बीच केही युवाले मत्स्येन्द्रनाथको रथ तानेका थिए ।रथ यात्रा तान्ने क्रममा भएको झडपपछि युवाहरुको समूहले एक जना ट्राफिक प्रहरी जवानमाथि निर्घात कुटपिट गरेपछी स्थिति अझ तनाबग्रस्त बनेको हो।
लतिलपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले निषेधाज्ञामा गरिएको रथ यात्रा रोक्न महागनरीय प्रहरी कार्यालय, ललितपुरलाई निर्देशन दिएका थिए । त्यसक्रममा प्रहरीले भिडलाई तितरवितर पार्न पानीको फोहोरा र अश्रुग्यास हानेको थियो ।
कार्यक्षेत्रमा रहेका ट्राफिक प्रहरीका जवानलाई केही युवाले निर्घाट कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । भिडियोमा घिमिरे भाग्दै गर्दा पनि भिडमा विभिन्न व्यक्तिले कुटपिट गरेको देखिन्छ । केहीवेरपछि प्रहरीले उनको उद्दार गरेर लगेको देखिएको छ ।
महामारीका वेला पनि काममा खटिएका वेला कुटिएपछि प्रहरी अधिकारीहरुको मनोबल गिरेको भन्दै सुरक्षा अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । यस घटनाको सर्वत्र निन्दा पनि गरिएको छ। ललितपुर प्रहरीले पनि जवान घिमिरेमाथि कुटपिट गर्नेको खोजी थालिएको जनाएको छ । रथ अहिले प्रहरीकै नियन्त्रणमा छ।
महामारी नियन्त्रणका लागि उपत्यका प्रशासनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी साता व्यापी निषेधाज्ञाको आदेश जारी गरेको छ । यसअघि दुई साता पनि निषेधाज्ञा लागू गरिएको थियो ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
