वुद्ध दर्शन अनुसार जीवको दुईपटक जन्म हुन्छ । पहिलो जन्म हाम्रो यो शरीरको जन्म हो । यो जन्मले आफ्नो कर्म र स्वभाव अनुसार सुखदुःख भोग्ने काम गरेको हुन्छ । दोस्रो जन्म, आफूले आफूलाई नै जन्मदिएको हुन्छ । यो जन्म वुद्धत्वको हो ।यसमा दुःख निवृत्तिको ज्ञान साथै जन्म मृत्युको बोध हुन्छ । यो वुद्धत्वको खोजलाई नै मानवजन्मको मूख्य कर्तब्य भनिएको छ वुद्ध दर्शनमा ।
सबै अध्यात्मदर्शनले पनि जीव जन्मिनु, हुर्किनु, विस्तार हुनु, बुढो हुनुु र मृत्युवरण गर्नु मात्र जीवको उद्देश्य होइन भनेको छ । यो भन्दा पनि पर, चेतनाको यस्तो अवस्था छ जहाँ जीवले नित्य आनन्दको रसास्वदन गर्दै जन्ममृत्युको सांसारिक चक्करबाट मुक्ति हुने जिकिर गदर्छ ।
हाम्रा इन्द्रियहरुले पहिलोपटक अनुभव गरेको वरिपरिको संसार यही नै हो । हामी जन्मेर हुर्किने क्रममा यही वरिपरिको संसारबाट नै धेरै कुरा सिक्दै आयौं । यो सिक्ने क्रम जीवले समाज, भौगोलिक अवस्था र ब्यक्तिको स्वभाव अनुसार मृत्युसम्म निरन्तर चलिरहन्छ ।जीवले दुःख र सुखका दुई किनाराहरुबाट जीवनरुपि डुङ्गा खियाइरहेको हुन्छ । त्यसैले, दुःख र सुखको जोड नै सांसारिक जीवनको सार हो ।
तर प्रत्येक जीवले सुखको क्षण सहजै स्विकार्छ तर दुःख स्विकार्दैन वा स्विकार गर्न सक्दैन । दुःखमा पनि समभाव ल्याउन सक्नु त ज्ञानीको काम होला । गीतादर्शनले पनि दुःखसुखमा सम रहुँ भन्छ । तर, दुःखमा पनि दुःख हटाउन आमोद प्रमोदमा लिप्त हुँदा हामी भित्र सहज रुपमा उत्पन्न हुने दुःख सम्वन्धि स्वाभाविक जिज्ञासा जसले हामी भित्रको वुद्धत्वलाई जन्मदिन्थ्यो त्यो जिज्ञासा जन्मन नपाउँदै मर्न पुगेको हुन्छ।
सिद्धार्थ गौतम राजकुमार थिए । राजपरिवारको हरेक सुख सयलमा हुर्किएका उनका अनेक कथाहरु हामीले पढ्न सुन्न पाएका छौँ । सिद्घार्थ गौतम राजपरिवारको सुखहरुमा उनी रमाएका थिए । तर जव सिद्घार्थ गौतमले एक पछि अर्को विरामी, बुढो र मृत ब्यक्ति देखे तव उनले भोगेको सारा सुखहरु एकाएक सपना जस्ता भए । उनी गहिरो सोचमा परे र म पनि भोलि विरामी पर्छु भन्ने सोच्न थाले । मेरो यो शरीर जीर्ण हुन्छ र म पनि भोलि मर्नु पर्छ भन्ने सोच उनमा आयो । यो गहिरो विषादले सिद्घार्थ गौतम विभिन्न बिचार जन्माइदियो । उनको मनमा भोलि म बुढो हुन्छु भने आजको यो सुखको महत्व के ?भोलि म मर्छु भने, आजबाँचेको खुशीको अर्थ के ?आजको निरन्तरता नै भोलि हो…..अव म मरिसकेँ ! यस्तो अनित्य संसारमा रमेर बाँच्नुको अर्थ के ! भन्ने जस्ता बिचार जन्मन थाल्यो । जव उनलाई यो गहिरो दुःखको बोध भयो तव उनको मनमा वास्तविक जीवनप्रतिको जिज्ञासा पैदा भयो । नित्य जीवनको खोजको अंकुर पलायो ।
सिद्घार्थ गौतमको त्यो भौतिक शरीरले दुःखलाई बोध गर्यो । यो दुःख उनको लागि गहिरो जिज्ञासा भयो । यो दुःख उनको लागि नित्य जीवन प्राप्तिको साधन बन्यो । मर्नुका लागि बाँच्ने होइन, अमरत्व जीवन खोज्नका लागि जीवन समर्पण गर्ने अभिलासा जन्माए । सारा संसारका धर्मको सार पनि यही हो ।खोजको बुलन्द आह्वान नै यही हो । सिद्घार्थ गौतमले अमरत्व जीवनको खोजको यात्रा सुरु गरे ।
निवार्णा प्राप्ति कम कठीन को काम हैन । यो सबैले गर्न सक्ने काम पनि हैन । वुद्धकै जीवनमा पनि यति ठूलो परिघटना हुनुमा यो भन्दा अघिल्लो २९ जुनीसम्म उनी यो नित्य जीवनको खोजमा हिँडेका थिए ।उनकै जीवन इतिहाँसबाट यो थाहा हुन्छ । संसारको नियम नै यस्तै होला सायद कि मोक्षका लागि करडौंमा एकले यात्रा सुरु गरेको हुन्छ, तर जानु सबैले पर्छवआफ्नो आफ्नो समयमा । ६ वर्षको अनवरत साधनामा तल्लीन भए सिद्घार्थ गौतम ।
साधाना कालमा सिद्धार्थ गौतमले गइ भिन्न गुरुहरुको कहाँ गएर साधानारत भएर ध्यान विधिहरु सिके । उनको पहिलो गुरु अलार कलाम जसबाट उनले ध्यानस्थ अवस्थामा शून्यताको बोध गर्न सिके । उनले यो ध्यानविधिमा तीन महिनाको छोटो अवधिमै यो ज्ञान हासिल गरे । गुरु अलार कलामले मेरो अव सिकाउने बाँकी केही छैन, यही शुन्यताको बोध नै परम अवस्था हो भनि अव तिमी मुक्तिको अवस्थामा पुगिसक्यौ, अव मेरो यो आश्रामको प्रमुख भएर बस भनेर सिद्घार्थ गौतमलाई आग्रह गरे । तर, सिद्घार्थ गौतमले अझै पनि दुःख निवृतिको परम अवस्थामा नपुगेको भनि उनी सो आश्राम छोडी फेरि अर्का गुरु उद्दका रामपुुत कहाँ साधना सिक्न गए । यो साधना विधिमा उनले जगत् अनित्यको सिद्घिको बोध गरे । त्यस्तै जति पनि संसारमा जीव वा पदार्थ छन यी सबै अनित्य छन् भन्ने बुझे । सिद्घार्थ गौतम एकदमै परम जिज्ञासु र परम सत्यको प्यासी भएकाले जति पनि गुरुहरुले सिकाएको ध्यान विधि र साधना तुुरुन्तै बोध गरिहाल्थे । शूून्यताको र जगत् अनित्यको बोध पछि पनि उनको यात्रा रोकिएन । उनले उद्दका रामपुत गुरुलाई पनि छोडेर एक्लै परम सत्यको खोजमा आफूलाई जङ्गल, गुफा, खोलाको किनाराहरुमा कठोर तपस्यमा तल्लीन गराए ।
पछिल्ला ६ महिना , वुद्धत्व प्राप्त हुनुभन्दा पहिला उनले केही पनि नखाई, कसैसँग पनि नवोलि एकदमै शरीर सुकाएर कठोर तपस्या गरे । यो तपस्यामा उनले भित्र बाहिर जाने स्वासको क्रियालाई मात्र ध्यान दिए । आफ्नो शरीररलाई सकेसम्म शुुद्घ राखे । जवसम्मअन्तिम खोजको दर्शन प्रत्यक्ष भएन, तवसम्म बुद्घले अनवरत रुपले आफू र आफ्नो तन र मनले सबै मेटाए । जस्तो मानौ कि कम्प्युटरको हार्डडिस्क पुुरै फर्म्याट गरेपछि खालिको अवस्था हुन्छ, त्यस्तै सिद्घार्थ गौतम पूरै खालि भए । यो खालीको अवस्थामा नै उनलाई सबै पछिल्लो सबै जन्महरुको आँखा अगाडि चित्र हेरे जस्तै बोध भयो । उनी रुख विरुवा जुनी भएदेखि, जनावर, पशुपंछी र विभिन्न जुनिमा गरेको साधान एकाएक प्रष्ट आँखा आगाडि जस्तै देखे । यो विशाल ब्रह्माण्डको उद्देश्य र मानव आउने विभिन्न दुःखहरुको कारणहरुको उत्तर एका एक आफैं भित्र पाए । उनी शान्त भए । उनी मुस्कुराए । उनको फेरि नयाँ जन्म भयो ।
आमाको कोखबाट सिद्धार्थ गौतम भएर शरीरको जन्म लिए भने सो शरीरबाट नै दोस्रो जन्म बुद्धत्वको भयो । यो जन्म नै मानवको पूर्णता हो । हाम्रो देशमा बुद्ध कहाँ जन्मिएका भनि ठूलो बहस छ । यो बहस नै गलत छ । शरीरको जन्म हुन्छ तर वुद्धत्वको जन्म हरेक मान्छे भित्र हुन्छ । बुुद्घले अप्पो दिपो भवभनेर आफ्नो उज्यालो आफैँ भनेर परम ज्ञान दिएर । यस धर्तिका मानवलाई अमुल्य गुण लगाएर निर्वाणा प्राप्त गरे ।
आफ्नो ज्ञानको उनी बुद्घ भए र संसारको पनि वुद्ध बने । उनको यो दोस्रो जन्म थियो । उनी बुद्घ भनेर चिनिए । सबै भित्र त्यो ज्ञानको ज्योति छ र यो आफैले प्राप्त गनुपर्छ।हामी पनि आफू भित्रको बुद्ध खोजौँ।
14th May 2019 , 9:38 am
About an hour ago
3 hours ago
4 hours ago
6 hours ago
10 hours ago
14th May 2019 , 9:38 am
10th Jan 2025 , 2:10 am
9th Jan 2025 , 6:20 am
10th Jan 2025 , 4:36 am
14th Jan 2025 , 5:32 am
9th Jan 2025 , 3:26 am