बुद्धधर्म अन्तर्गत प्रमुख सम्प्रदायहरुको परिचय

लुम्बिनी
– नीर बहादुर गुरुङ शिक्षक :लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पस, लुम्बिनी

विषय प्रवेश
बुद्धधर्मको विस्तार हुने क्रममा आठौँ शताब्दीतिर तिब्बतमा पुगेर यसले जुन रुप लियो, त्यसको छुट्टै विशिष्टता पाईन्छ । त्यहाँको हावापानी, माटो अनुकूल र परम्परागत मूल्य मान्यतालाई पनि समेटेर विकसित बुद्धधर्मको रुपलाई नै लामा बुद्धधर्म भनेर चिनिन्छ । तिब्बतबाट शुरु भएको हुनाले यसलाई तिब्बती बुद्धधर्म भनेर पनि चिनिन्छ । तिब्बतसंग जोडिएका समान हावापानी र भूसँस्कृति भएका नेपालका उच्च पहाड, हिमाली क्षेत्र, भारत तथा भुटानका केही भागमा पनि यसको विस्तार भएको पाईन्छ । जसलाई नेपालमा हिमाली बुद्धधर्मको रुपमा पनि चिनिन्छ ।

ऐतिहासिक पृष्ठभूमि
बुद्धधर्म प्रवेश हुनुभन्दा अगाडि तिब्बतको प्राचीन तथा परम्परागत धर्म बोन धर्म थियो । उनीहरु प्रकृतिपूजक थिए । बुद्धधर्मको विकास विस्तार हुन लागेपछि बोनधर्म लोप हुँदै गयो । तर त्यसको अवशेष भने कहिल्यै हट्न सकेन ।३ पाचौँ शताब्दीतिर राजा थो थो रीको समयमा पहिलो पटक तिब्बतमा बुद्धधर्मको प्रवेश भएको देखिन्छ । तर सातौँ शताब्दीका राजा स्रङचन गम्पोको पालामा मात्र यसले विस्तारित रुप लियो । उनले तिब्बतलाई एकीकरण, लेखपढ गर्न शुरु, बौद्धधर्मलाई राजकीय संरक्षण गर्ने आदि जस्ता उल्लेखनीय काम गरेका थिए । बुद्धधर्मको विकास गर्ने उद्देश्यले नै उनले नेपाली राजकुमारी भृकुटी र चीनबाट पनि वेन चेङ कुङ्जोलाई वैबाहिक सम्बन्ध कायम गरेको पाईन्छ । जसलाई तिब्बती बौद्ध साहित्यहरुमा क्रमशः हरिततारा र श्वेततारा नामले चिनाईएको पाईन्छ । भृकुटीले आफूसंग उपहारस्वरुप अक्षोभ्य बुद्ध, मैत्रेय बुद्ध र ताराका मूर्तिहरु लगेर गएको कुरा ऐतिहासिक श्रोतहरुमा उल्लेख भएबाट तिब्बतमा बुद्धधर्मको स्थापना गर्न नेपालको महत्वपूर्ण भूमिका रहेको स्पष्ट हुन्छ । राजा स्रङचन गम्पोले आफ्ना मन्त्री थोन्मी सम्भोटको नेतृत्वमा एक समूहलाई अध्ययनका लागि भारतमा पठाएका थिए । उनीहरु तिब्बत फर्किएर सम्भोट लिपिको विकास गरे । जसले तिब्बतमा शैक्षिक जागरण ल्याए । उनको पालामा भारतबाट प्रसिद्ध बौद्धभिक्षु तथा विद्वान्हरुलाई बोलाउने गर्दथे ।

तिब्बती शब्द लन मेप (ब्ल त मेद् प) को छोटकरी रुप ल मे (ब्ल मेद) हो । त्यही ल मे शब्दबाट ल म (ब्ल म) हुँदै नेपालीमा लामा हुन आएको पाईन्छ ।१ हिमाली क्षेत्रका बौद्ध समुदायहरुमा लयम शब्दावलीलाई गुरुको पर्यायवाची शब्दको रुपमा प्रयोग गरेको पाईन्छ । तिब्बती बुद्धधर्म अनुसार लामालाई प्रमुख धार्मिक गुरुको रुपमा लिईन्छ । गुम्बामा लोसुम दासुम बसिसकेका व्यक्तिलाई लामा भनिन्छ । लामाहरु पनि दुई प्रकारका हुन्छन् । एकथरी लामाहरु कर्मकाण्ड गर्ने जो समाजसंग प्रत्यक्ष सम्बन्धित रहन्छन् भने अर्का थरीका लामाहरु धर्मसंग मात्र सम्बन्धित हुन्छन् ।२ तिब्बतमा सातौँ शताब्दी देखि पन्ध्रौँ शताब्दीसम्ममा लामा बुद्धधर्म अन्तर्गत खासगरी चार वटा प्रमुख सम्प्रदायको विकास भएको पाईन्छ । यस लेखमा विभिन्न श्रोतहरुको आधारमा बुद्धधर्म अन्तर्गत तीनै सम्प्रदायहरुको संक्षिप्त परिचय दिने प्रयास गरिएको छ ।

१. निङ्मा सम्प्रदाय
गुरु पद्मसम्भवले शुरु गरेको धार्मिक मतलाई निङ्मा सम्प्रदाय वा पुरानो मत पनि भनिन्छ । यसका अनुयायीहरुलाई निङ्मापा भनिन्छ । यस सम्प्रदायले पद्मसम्भवलाई आफ्नो प्रमुख गुरु मान्दछन् । पद्मसम्भवलाई महारत्न (गुरु रिन्पोछे), दोश्रो बुद्ध (साङ्गे निपा), त्रिकाल बुद्ध (त्हुइसुम साङ्गे, बुद्धावतार (टुल्वहि कु) आदि नामले पनि चिन्दछन् ।५ गुरु पद्मसम्भव, शान्तरक्षित र राजा ठ्रिसोङ देचनलाई यस सम्प्रदायको संस्थापक, बुद्धशासनको संस्थापक, विस्तारक र उपासकको रुपमा लिएको पाईन्छ । यी तीनलाई खेन, लोब छ्योसुम उपनामबाट पनि परिचित छ ।६

स्रङचन गम्पोको मृत्यु पश्चात पनि बौद्धभिक्षुहरु बोलाउने काम जारी नै थियो । स्थानीय बासिन्दाहरुले भने नयाँ धर्मलाई सहज रुपमा स्वीकारेका थिएनन् । साथै शासकहरुले समेत यसलाई सकारात्मक रुपमा नलिएको कारण करीब सय लयर्म जति बुद्धधर्मले कुनै अग्रगति लिन सकेन । उनको पाचौँ उत्तराधिकारी ठ्रि सोङ देचनको उदयपछि सद्धर्मको प्रचारका लागि सन् ७४३ मा भारतका तात्कालीन नालन्दा विश्वविद्यालयका प्रसिद्ध भिक्षु शान्तरक्षितलाई आमन्त्रण गरे । शान्तरक्षितले तिब्बतमा गएर बुद्धधर्मको प्रचार गर्ने प्रयास त गरे तर बर्षौदेखि स्थापित परम्परागत विश्वाशले गर्दा तात्कालिन समाजले उनको उपदेशलाई सहज रुपले स्वीकार्न सकेन । फलस्वरुप उनले तिब्बत छोड्नुप¥यो र नेपालमा आए । उनले त्यहाँको समस्यालाई तान्त्रिक गुरु पद्मसम्भवले समाधान गर्न सक्ने महशुस गरी राजालाई सिफारिश गरे । पद्मसम्भव सन् ७४७ मा तिब्बत गएर बुद्धधर्मको प्रचारमा लागे । बुद्धधर्मलाई स्थायित्व दिनका निमित्त उनले यारलुङ क्षेत्रमा साम्य गुम्बाको निर्माण गरे, जुन तिब्बतको सबैभन्दा पहिलो विहार थियो । यस विहारमा नै सात जनालाई दिक्षा दिएर भिक्षु संघको स्थापना गरे । संभवतः यो नै तिब्बतमा व्यवस्थित रुपमा स्थापित पहिलो भिक्षुसंघ हुनुपर्छ ।४ यसपछि बुद्धधर्मको ऐतिहासिक विकासक्रममा विभिन्न उपसम्प्रदाय समाविष्ट प्रमुख चार सम्प्रदायहरुको विकास भएको पाईन्छ । जुन यसप्रकार रहेको छ ।

यस सम्प्रदायभित्र पनि फरक फरक गुरु परम्पराहरु भएको पाईन्छन् । यसै अनुसार इष्टदेवता (हिदम) पनि फरक पर्दछन् । यस्ता इष्टदेवता (हिदम)हरुमा बज्रकील (त्होर्जे फुर्ब), ह्यग्रीव (तडीन त्होर्जे), यमान्तक (सिन्ज्योस्ये), षट्मुनि (थु डब), रत्नसमुच्यय (कोन्छ्योग चिदुइ) आदि प्रमुख छन् भने मानिङ गोन्पालाई धर्मपाल (छ्योएक्योङ) मान्दछन् । त्यस्तै अष्टहेरुकलाई इष्टदेवता, सिँहमुख (सोङदोङमा) र बज्रबाराहीलाई शक्ति (खाँडोमा) तथा डाकिनीको रुपमा मान्नेहरु पनि छन् । बज्रकील मूलतन्त्र (त्होर्जे फुर्ब चावहि ग्युइ), पुरातनवचनकोष (निङ्मा कनेर), शतसहस्रिका पुरातनवंशलाई यस सम्प्रदायले आफ्नो आधार ग्रन्थहरुको रुपमा मान्दछन् ।७ हाल निङ्मा सम्प्रदाय तिब्बतमा मात्र सिमित नरहेर नेपालका सोलुखुम्बु, गोरखा, दोलखा, हुम्ला, जुम्ला, भारतका सिक्किम, लद्दाख, हिमाञ्चल प्रदेश साथै भुटान जस्ता उच्च भूभागहरुमा पनि यसको प्रभाव क्षेत्रहरु हुन् । विस्तारै हिमाली क्षेत्रबाट बसाई सराईका कारण तराइका चितवन, रुपन्देही, नवलपरासी अनि काठमाडौ, पोखरा जस्ता प्रमुख शहरहरुमा पनि यसका अनुयायीहरु बढ्दै गएको कुरा तथ्यांकहरुबाट थाहा पाउन सकिन्न्छ ।

२. कग्र्युद् सम्प्रदाय
बुद्धवचन (बक्) को परम्परा (ग्र्युद)मा आधारित सम्प्रदायलाई कग्र्युद् सम्प्रदाय भनिन्छ । यसका अनुयायीहरुलाई कग्र्युद्पा भनिन्छ ।८ यहाँ बक् भन्नाले बुद्धवचन र ग्र्युद् भन्नाले परम्परा भन्ने बुझिन्छ । यस सम्प्रदायको संस्थापक मार्पा छ्योएकि लो डोए (सन् १०१२–९६) हुन् । उनका गुरु नारोपा भारतका बिक्रमशीला महाविहारका महासिद्ध थिए । जसबाट मार्पाले चक्रसंबर (देछ्योग खोर्लोहि ग्युई)को अध्ययन गरेका थिए । मार्पाको शिष्य मिलारेपा (सन् ११४० – १२२३) को योगचर्याका कारण यस सम्प्रदायको महत्व झनै बढेको पाईन्छ ।९

३. सक्य सम्प्रदाय
तिब्बती भाषामा “स” को अर्थ माटो र “क्य” को अर्थ फुस्रो अथवा खैरो हो । तिब्बतको दक्षिण पश्चिम क्षेत्रमा अवस्थित सिगात्से शहर रहेको चङ प्रदेशको माटो फुस्रो भएकोले यस स्थानलाई सक्य भनिन्छ । यस ठाउँमा खोनवंशयि राजा खोन कोन्छ्योग ग्याल्पोले सन् १०७३ मा एउटा पाण्डुविहारको स्थापना गरेका थिए । जसलाई तिब्बती भाषामा सक्य गुम्बा भनिन्छ । यही सक्य गुम्बाबाट प्रचारित बौद्ध सम्प्रदायलाई नै सक्य सम्प्रदाय भनिन्छ । यस सम्प्रदायका अनुयायीहरुलाई सक्यपा भनेर चिनिन्छ । ठोग्मी नामक तिब्बती विद्वानले विक्रमशीला महाविहारका भारतीय महासिद्ध शान्तिपासंग हेबज्रतन्त्रको अध्ययन गरेर त्यसलाई भोट भाषामा अनुवाद गरेका थिए । कोन्छ्योग ग्याल्पोकै छोरा साछेन कुङ्गा निङ्पोको समय (सन् १०९२ – ११५८) देखि सो गुम्बामा प्रचलित शिक्षाले एउटा छुट्टै सम्प्रदायको रुप लिएको पाईन्छ ।१३ यसैलाई सक्य सम्प्रदायको रुपमा चिनिन्छ ।

यस सम्प्रदायका संस्थापक खोन कोन्छ्योग ग्याल्पोको मृत्युपछि उनका उत्तराधिकारी साछेन कुङ्गा निङ्पो (सन् १०९२ – ११५८) र क्रमशः सोनाम चेमो (११४२ – ११८२), ड्राग्पा ग्याल्छेन, (सन् ११४७ –१२१६), सक्य पण्डित (सन् ११८२ – १२५१) र छोग्याल फाग्पा (सन् १२३५–१२८०) ले यस सम्प्रदायलाई निरन्तरता दिँदै आए । त्यसैले यिनीहरुलाई सक्य सम्प्रदायको पाँच प्रमुख गुरु तथा संरक्षकको रुपमा पनि मानिन्छ ।१४ सन् १२४४ मा मंगोलियन शासक गाण्डेन खानले साक्य पण्डितलाई बोलाएर राज धर्मगुरुको रुपमा राखेका थिए । गाण्डेन खान र साक्य पण्डितको मृत्युपछि राजा कुब्लाई खाँले शाक्य पण्डितकै भतिजा डोगोन छोग्याल फाग्पालाई धर्मगुरुको रुपमा निमन्त्रण गरे । उनीहरुको कुशलताले मंगोलियन राजा ज्यादै प्रभावित भएका थिए ।१५ सक्य सम्प्रदायहरुले पनि निङ्मापाले जस्तै गुरु पद्मसम्भवलाई प्रमुख धर्मगुरु, बज्रकील (त्होर्जे फुर्व) लाई मूल इष्टदेवता (हिदम), आकाशयोगिनी (नारो खच्योए) लाई शक्ति (खाँडोमा), बज्रसाधु महांकाल (गुर गोएन)लाई धर्मपाल (छ्योएक्योङ) मान्दछन् । यसैको उपसम्प्रदायले ङोर्छेन कुङ्गा साङ्पोलाई प्रमुख गुरु, हेबज्र (क्ये त्होर्जे) लाई इष्टदेवता (हिदम) मान्दछन् भने शक्ति (खाँडोमा) र धर्मपालचाहिँ सक्यपाकै जस्तै क्रमशः आकाशयोगिनी (नारो खच्योए) र बज्रसाधु महांकाल (गुर गोएन) लाई मानेको पाईन्छ । सक्य र ङोर दुवैको आधार ग्रन्थ भनेको हेबज्रतन्त्र (क्ये त्होर्जे ग्युई) नै हो ।१६ यस सम्प्रदायमा वंश परम्पराअनुसार संघ प्रमुख (मठाशीश) हुने चलन रहेको पाईन्छ । यस्तो संघ प्रमुखलाई गोङ्मा भनिन्छ । सक्य सम्प्रदायको विस्तार तिब्बतको तोद प्रान्त लगायत नेपालको केही हिमाली क्षेत्रमा, नेपाल मण्डल र भारतमा पनि केही प्रभाव देखिन्छ । प्राप्त श्रोतहरुले देखाए अनुसार समग्रमा यो सम्प्रदायको तुलनात्मक रुपमा कम प्रभाव परेको पाईन्छ ।

कग्र्युद सम्प्रदायभित्र पनि वंशपरम्परा अनुसार कर्म कग्र्युद, छलपा कग्र्युद, बरोम कग्र्युद र फागु कग्र्युद गरी प्रमुख चार उप सम्प्रदायहरु छन् । यी उप सम्प्रदायहरुभित्र पनि अन्य थुप्रै साना साना सम्प्रदायहरु पाईन्छन् । यसमध्ये महासिद्ध ख्यटुव मार्फत प्रचार प्रसार गरिएको गुह्य तान्त्रिक गुरु परम्परालाई शह्ङपा कग्र्युद भनिन्छ । त्यसैगरी फागु गुरुवंश परम्परा अन्तर्गत डिगुङ कग्र्युद, तगलुङ कग्र्युद, डुग्पा कग्र्युद, यामस्याङ् कग्र्युद, ठोपु कग्र्युद, शुग सेव कग्र्युद, मेलपा कग्र्युद र मारपा कग्र्युदको विकास भयो ।१० यस सम्प्रदायले तिलोपा, नारोपा, मार्पा, मिलारेपा र दाग्पो ल्हाजेलाई अफ्नो वंश परम्पराका परमगुरुको रुपमा मान्दछन् । चक्रसंबर (देछ्योग खोर्लो)लाई आफ्नो मूल इष्टदेवता (हिदम), ज्ञानडाकिनी बज्रबाराही (येशेकि खाँडोमा त्होर्जे फाग्मो) लाई शक्ति (खाँडोमा) र श्रीज्ञान चतुर्वाहु महांकाल (पल येशे गोन्पो छ्यासिपा) लाई धर्मपाल (छ्योएक्योङ्) मान्दछन् । चक्रसम्बरतन्त्र (देछ्योग खोर्लोहि ग्युई) लाई आफ्नो आधार ग्रन्थको रुपमा लिएको पाईन्छ । जसमा चित्त र इन्द्रियहरुको आशक्तिलाई त्यागेर शुन्यता प्राप्त गर्ने तत्वज्ञानको विवेचना गरिएको देखिन्छ ।११ महामुद्रा (साग्य छिन्पो) कग्र्युद सम्प्रदायको अभ्यास मार्ग हो भने निर्वाण अन्तिम लक्ष्य हो । तिब्बतका १७ औँ कर्मपा यही वंशपरम्परा अन्तर्गतका प्रमुख गुरु हुन् । हाल यो सम्प्रदाय तिब्बतका विभिन्न प्रान्तहरु, नेपालका केही हिमाली जिल्लाहरु, भारतको लद्दाख, सिक्किम, गान्तोक लगायत भुटानसम्म पनि यसको व्यापक विस्तार भएको पाईन्छ ।१२

४. गेलुक सम्प्रदाय
तिब्बतको दोम्य चोङखा भन्ने ठाउँमा सन् १३५७ मा जन्मनुभई सानै उमेरमा बुद्धधर्ममा प्रवेश गरी भिक्षु शील ग्रहण गरेका लोजाङ टग्पाले बौद्ध दर्शन साहित्य तन्त्रको अध्ययन गरेर बुद्धधर्ममा भएका कमी कमजोरीहरुलाई परिमार्जन गरे । त्यस अघि गुरु अतिश दिपंकरले एघारौँ शताब्दीतिर आरम्भ गरेको कदम सम्प्रदायमा केही परीमार्जन गरी शुरु गरिएको यस ज्ञानको परम्परा नै गेलुक सम्प्रदाय हो । यसका अनुयायीहरुलाई गेलुक्पा भनिन्छ । सन् १३४६–१३६३ मा रिबोछे (महापर्वत) भन्ने ठाउँमा गदेन नम्पर ग्यल्वी लिङ नामको एउटा गोन्पा स्थापना भयो । यही ठाउँको नामबाट यस सम्प्रदायको नाम गेलुक रहेको पाईन्छ । लोजाङ टग्पाले गुम्बाभित्र धर्मदर्शन, शाष्त्रार्थ गर्ने, अध्ययन अध्यापन, अनुसन्धान तथा अन्वेषण गर्ने शैक्षिक परम्पराको थालनी गरे ।१७ यसको संस्थापक चोङ्खापा लोजाङ टग्पा र वहाँकै दुइ शिष्यहरु ग्याल्छन दरमा रिन्छेन र ख्यटुव गेलेग पालजाङ भन्ने तीन जनालाई तीन पिता पुत्र (ज्ये यपस्यासुम) को रुपमा सम्मान गर्छन् ।१८

उपसंहार
खासगरी आठौँ शताब्दीमा गुरु पद्मसम्भवले तिब्बतमा त्यहाँको हावापानी, माटो, भूसँस्कृति अनुकूल त्यहाँको प्राचीन धर्मलाई समेटेर विस्तार गरिएको बुद्धधर्म नै तिब्बती बुद्धधर्म वा लामा बुद्धधर्म नामले चिनिन्छ । नेपालको उच्च हिमाली क्षेत्रहरु, जहाँ भाषा, सँस्कृति, हावापानी, भूवनोट आदि दृष्टिकोणले मिल्दोजुल्दो समुदायको बसोबास गर्छन्, त्यहाँ यसको प्रभाव रहेको पाईन्छ । त्यसैले यसलाई नेपालमा हिमाली बुद्धधर्म पनि भन्ने गरिन्छ । तर आजभोलि बसाई सराईको कारण चितवन, नवलपरासी र रुपन्देही जस्ता तराईका जिल्लाहरुमा पनि लयम बुद्धधर्मको विस्तार हुँदै गएको पाईन्छ । यसका साथै भारत र भुटानमा पनि यसको प्रभाव रहेको पाईन्छ । सन् १९५९ पछि तिब्बतमा देखिएको राजनीतिक परीवर्तनका कारण तिब्बती बुद्धधर्मप्रति विश्वजगतको ध्यानाकर्षण भएको पाईन्छ । जसले गर्दा थुप्रै पश्चिमी विद्वान्हरुले यसको गहन अध्ययन अनुसन्धान गरे भने विदेशका विभिन्न प्रसिद्ध विश्वविद्यालयहरुमा समेत यसको प्राज्ञिक अध्ययन अध्यापन हुन लाग्यो । यसरी बुद्धधर्मलाई केबल आस्था, श्रद्धा र आध्यात्मिक अभ्यासको रुपमा मात्र सिमित नराखी व्यवहारिक, प्रायोगिक शिक्षा, प्राज्ञिक अध्ययन अनुसन्धान, सामाजिक परीवर्तन, सामाजिक सेवा तथा कल्याणको अभियानको रुपमा पनि उपयोगि बनाउँदै लगिएको पाईन्छ ।

चोङखापाले तिब्बतमा बुद्धधर्मभित्र बढ्दै गएको विकृतिलाई हटाएर भिक्षु नियमलाई कडाईका साथ पालना गराए । सन् १४०५ मा चोङखापाले गाण्डेन गुम्बाको निर्माण गरेर यसैलाई केन्द्र बनाई आफ्नो मतको प्रचार प्रसार गर्न थाले । जुन मतलाई गेलुक मत भनिन्छ । चोङखापाका शिष्य गेदुन दुवले सन् १४४७ मा टासिलुन्पो गुम्बाको स्थापना गरे । यीनै गेदुन दुवको तेश्रो पिँडीका लयम सोनाम ग्याल्छनलाई मंगोलियन शासक अल्टान खाँले दलाई लयम उपाधि दिए । आफूभन्दा अगाडि पनि दुई जना धार्मिक गुरु भएकोले उनले आफूलाई तेश्रो दलाई लामाको रुपमा ग्रहण गरे । पाचौँ दलाइ लयम लोप्साङ ग्याछोले टसिलुन्पो गुम्बाका पन्छेन (महापण्डित) छ्योएकि ग्याल्छनसंग दीक्षा लिएकोले गुरुको नाताले पन्छेन छ्योएकि ग्यल्छनको सम्मान अझै बढ्यो । लोसाङ ग्याछोले पोटाला दरबारबाट राजनीतिक शासन चलाउथे भने पन्छेन लयम टासिलुन्पो गुम्बामा बसेर धार्मिक शासन संचालन गर्दथे ।१९ गेलुक सम्प्रदायमा चोङखापा लोजाङ टग्पालाई प्रमुख गुरु (लामा), बज्रभैरव (त्होर्जे जिक्चये)लाई इष्टदेवता (हिदम), बज्रडाकिनी (त्होर्जे खाँडोमा)लाई शक्ति (खाँडोमा) र षड्बाहु महांकाल (गोन्पो छ्याग्डुक्पा) लाई धर्मपाल (छ्योएक्योङ) मान्दछन् । बज्रभैरव आर्यञ्जुश्री (फाग्पा ज्याम्पल)को उग्ररुप र आर्यमञ्जुश्रीलाई ज्ञानको प्रतिमूर्तिको रुपमा लिईन्छ । यीनै आर्यमञ्जुश्रीले बज्रभैरवको रुप लिएर यम (काल)लाई नाश गर्छ भन्ने विश्वाश गेलुक्पाहरुमा रहेको पाईन्छ । बोधिपथप्रदीप (च्ह्यमछ्युव लमग्यि दोनम्), बज्रभैरवतन्त्र (त्होर्जे जिक्च्येक्यि ग्युई), कालचक्रतन्त्र (त्हुइक्यि खोर्लोहि ग्युई) आदि गेलुक सम्प्रदायका आधार ग्रन्थहरु हुन् ।२० यिनीहरुले विनयसुत्रको पठनपाठनलाई पनि निकै प्राथमिकता दिएको पाईन्छ । मूलधर्म दर्शनको रुपमा महामाध्यमिक (उमा छेन्पो) लाई लिने हुँदा आफूलाई माध्यमिक (उमापा) पनि भन्ने गरेको पाईन्छ । दलाइ लामा र कर्मापाको प्रचलन यस सम्प्रदायको अर्को विशेषता हो । बर्तमान चौधौँ दलाइ लामा जसलाई अन्य सबै सम्प्रदाय र विश्व जगतले पनि उत्तिकै उच्च आदारका साथ सम्मान गर्छन् । तिब्बतको अधिकांश प्रान्तमा नेपालको केही हिमाली भागमा र भारतको हिमाञ्चल प्रदेश लगायत अन्य भागहरुमा गेलुक सम्प्रदायको प्रभाव रहेको पाईन्छ ।

बोनधर्मको पनि केही अवशेष रहनु, समयानुकूल उदार, तान्त्रिक देवदेवीहरुको परिकल्पना, कर्मपाको चलन, गुरु पद्मसम्भवलाई दोश्रो बुद्धको रुपमा मान्नु, सम्प्रदाय उपसम्प्रदाय अनुसार आधार ग्रन्थ, इष्टदेवता, शक्ति (खाँडोमा), धर्मपालको अवधारणा रहनु, पुनर्जन्म तथा अवतारको विश्वाश गर्नुलाई लामा बुद्धधर्मको विशेषताको रुपमा लिन सकिन्छ । आधुनिक समाज तथा सँस्कृति, प्रविधिको विकास, सामाजिक विश्वब्यापीकरण, बसाईँसराई आदि कारणले लामा बुद्धधर्मको अभ्यासमा देखिएका परिवर्तनका विषयवस्तु बारे भविष्यमा थप अध्ययन अनुसन्धान गर्नुपर्ने देखिन्छ ।

TOP