गाँजा अब लागु पदार्थ रहेनः यो त औषधी सावित भैसक्यो

ऐतिहासीक पृष्ठभूमि : गाँजा कायनाविनेसी Cannabinaceae वनस्पती परीवारमा पर्ने फूल फूल्ने वर्गको बनस्पती हो । गाँजाको वैज्ञानीक नाम कयनाविस सटीवा (-Cannabis sativa) हो । यो गाजाँको उत्पत्ति मध्य एसियामा भएको मानिन्छ । यो गाँजाको प्रयोगको ऐतिहासिक पृष्ठभूमीको समीक्षा गर्दा यस्को प्रयोग ३००० वि.सी.–१२०० वि.सी. सम्ममा भएको मानिन्छ । गाजाँ संसारमा खेती गरीएका वनस्पतीहरु मध्ये सबैभन्दा पुरानो मानीन्छ । नेपालमा यो बनस्पतीकको प्रयोग हिमालय क्षेत्रमा मानव सभ्यता विकास सँगै यस्को प्रचलन शुरु भएकोे मानीन्छ । हिन्दु धर्मका देवता शंकर गाँजाको सेवन गर्ने भगवान मानिन्छन यसरी गाँजाको प्रयोग नेपालको संस्कृति सित पनी गाँसीएको छ । वि.सं.२०३३ अर्थात सन् १९७३ भन्दा पहिले नेपालमा गाँजाको सेवन र ओसार पसार वैधानीक थियो । तेतीवेला नेपाल गाँजाको लागी संसारभरका प्रख्यात थियो । काठमाडौंमा गाँजा खानको लागी मात्रै संसार भरका पर्यटक आउने गर्दथे । नेपालको पाहाडी क्षेत्रमा विशेष गरी तल्कालीन भेरी, राप्ती र कर्णाली अञ्चलका जिल्लाहरुका कृषकहरु गाँजा खेती लगाउथे । यसको बिक्रीबाट आउने पैसाले तत्कालीन समयमा गाँउको आर्थिक स्थितीलाई माथी उठायो । तेती बेलाको पर्यटन उद्योगमा गाजाको संस्कृती मौलाएको पाइन्थ्यो । त्यसैकारण नेपाललाई गाँजाको देश र विशेष गरी काठमाडौलाई गाँजाको राजधानी भनीन्थ्यो । होटेलको मेन्युमा समेत तपशिल प्रकारको गाँजा, यसबाट बन्ने ड्रिङक्स र खाना का प्रकारहरु पाइन्थ्ये ।
काठमाडौंको भोेटेबहालको गल्लीलाई हिप्पी स्ट्रीट (Hippy street) भनीन्थ्यो । त्यती बेला ठमेलमा भन्दा भोटेबाहलमा टुरीष्टको चहल पहल बढी हुने गर्दथ्यो यसरी तेतीवेला गाँजाको खेती उत्पादन र विक्रीबाट राज्यका सबै निकायले फाइदा लिएका थिए ।

गाँजा

नेपालाई गाँजाको खेती, ओसार पसार सेवन र व्यापारमा प्रतिबन्ध लगाउनु पर्ने सुझाव बमोजीम नेपालले विं सं. २०३३ साल देखी गाँजामा प्रतिबन्ध लगायो ।
नेपालमा कुन कानुनले गाँजा प्रतीबन्ध भयो ?

सन् १९७० को दशक अगाडी काठमाडौंमा देखीने साइन बोर्ड
यसरी गाँजाको संस्कृतीले काठमाडौं मात्रै होइन यहाँबाट विश्वका अन्य देशमा समेत निकासी हुने ग¥यो । यो हिप्पी संस्कृती विकसीत राष्ट्रलाई मन परेन । विशेष गरेर अमेरीका लगायतका विकसित मुलुकले नेपालाई गाँजाको खेती, ओसार पसार सेवन र व्यापारमा प्रतिबन्ध लगाउनु पर्ने सुझाव बमोजीम नेपालले विं सं. २०३३ साल देखी गाँजामा प्रतिबन्ध लगायो ।
नेपालमा कुन कानुनले गाँजा प्रतीबन्ध भयो ?


गाँजाको संस्कृती र गाँजाको व्यापार व्यवसाय लागु औषधि नियन्त्रण ऐन २०३३ ले लागु औषधी सरह मानी नेपाल भित्र निकाशी वा पैठारी गर्न नियन्त्रण गरीयो । उक्त ऐनले गाँजा कुनै पनी उपयोगलाई अन्य लागु औषधी जस्तै गरी लागु औषधीको सूचीमा सूचिकृत गरीयो । योपछी लागु औषधी नियन्त्रण ऐन २०३३ बाट गाँजाको खेती गर्न, उत्पादन गर्न, तैयारी गर्न, खरीद गर्न बिक्रि गर्न, बिक्रि वितरण गर्न, निकाशी वा पैठारी गर्न, ओसार पसार गर्न, सञ्चय गर्न र सेवन गर्न आदीमा निषेध गरियो ।
गाँजाको वैज्ञानीक विशेषता के हो ?
आज विश्वभर गाँजालाई लागु औषधी भन्दा अलग तरिकाले चिनिएको छ । गाँजामा पाइने महत्वपूर्ण अल्कोलाइडस (Alkaloides) लाई कायनीविनोवाइड्स (Cannabinooids) भनीन्छ । गाँजामा एक सय भन्दा बढी कायनीविनोवाइड्सहरु पाइन्छन् । ति मध्ये महत्वपूर्ण दुई प्रकारका कायनीविनोवाइड्स (Cannbinoids) हरु हुन्छन् । टेट्राहाइट्रोकायनाविनोल (Tetrahydrocannabino -THC कायनाविनावाइस (Cannabidiot -CBD) टेट्राहाइड्रो कायनाविनेल लाई छोटकरीमा THC र कायनाविडीओल लाई ऋद्यम् भनीन्छ । यि दुई तत्वहरुको औषधी विज्ञानमा ठूलो महत्व छ । यि तत्वहरुको प्रयोगले निम्न रोगहरुलाई फाइदा भएको प्रमाणीत भैसकेको छ । ति रोगहरु यस प्रकार छन ः दुखाई (Pain), अन्जाइटी (Anxiety), छारे (Epilepsy), ग्लुकोमा (Glaucoma), HIV–AIDS, आन्द्रा र पेट सुनीने र दुख्ने (Inflamatoy Bowl Disease), आन्द्रा र पाचन प्रणालीमा हुने दुखाई (Irritable Bowel Syndrome), क्यान्सर, सुत्न गारो हुने (Sleep Problem) इत्यादी । यसरी गाँजा औषधी विज्ञानमा नभई नहुने प्रमाणीत भयो र गाँजा औषधी (Cannabis Medicine) को रुपमा यस्ले महत्वपूर्ण स्थान लिइसक्यो ।
विश्वमा गाँजाको को कसरी विकास हुदै छ ?
विश्वभर गाँजालाई दुइओटा समुह अर्थात भेराइटीमा विभाजन गरीएको छ ः १. हेम्प (Hemp) र २. मारीजोओना ( Marijuana) । हेम्प (Hemp) सटीमा Cannabinas sativa को एउटा भेराइटी (Variety) हो जस्मा THC को मात्रा % ०.३ भन्दा थौरै हुन्छ । यसकारण यसले दिमागलाई असर नगर्ने (Non–Intoxicating) उपयोगमा विकास भएको छ । यस्तो HEMP लाई लागु औषधीको ग्रुपबाट हटाएर कृषि उपज र औद्योगिक पदार्थको रुपमा विकास गरिएको छ । आज Hemp लाई संसारभर कृषी उपजको रुपमा लिइन्छ ।
तसर्थ Hemp अर्को समुह हो यसमा THC को मात्रा बढ्ता हुन्छ । यसमा Psychotropic असर हुन्छ र यस्लाई मारीजोओना अन्र्तगत राखीएको छ । गाजा अव लागु औषधीको रुपमा होइन कृषी उपज र औधोगीक पदार्थ बनिसक्यो ।
क. टेक्सटायल उद्योग ः जस्तै कपडा, डाइपर, झोला, जुत्ता र फेब्रिसहरु बनाइन्छ ।
ख. औद्योगीक टेक्सटायल जस्तै डोरी, कारपेट इत्यादी ।
ग. कागत ः छपाई, न्युजपेपर, काडर्वोड र प्याकिङ्ग
घ. खाना ः विउलाई मुटु सम्बन्धी रोग, गाँजाको विउको पाउडर विशेष प्रोटीनको श्रोत र तेललाई विभिन्न रोगमा प्रयोग गरीन्छ ।
ङ. घर निर्माण : निर्माण पनी हुदै युरोप, एसिया र अमेरिकामा थुप्रै घर निर्माण भई उपयोेगी पदार्थमा परिणत भएका छन् । काण्ड को उपयोग बाट बनेको घरहरु वतावरण मैत्री हुन्छन् ।
च. वडिकेयर प्रडक्स: ज्झउ वाट उच्च गुणस्तरको साबुन, सेम्पो, लोसनहरु बनेका छन् ति अन्य श्रोतबाट बनेका बडीकेयर प्रोडक्स भन्दा उच्च गुणस्तरका भएको प्रमाणीत भएका छन् । यसरी THC को मात्रा थोरै भएको गाँजाको भेराइटीले संसार भर बैधानीकता पाउने छ ।
THC को मात्रा ०.३ प्रतिशत भन्दा बान्ता भएको भेराइटीलाई मारीजुवाना भनीन्छ । यसको सेवनले दिमागमा Psychotropic असर ल्याउँछ । एउटै प्रजाती भित्र तर THC बढी हुने Variety लाई संसारभर छुट्टै नितीगतरुपमा राखीएको छ । यसरी Psychotropic असर हुनाले यो भेराइटीलाई बढी औषधी निर्माणमा प्रयोग गरिन्छ । यस्तो Psychotripic असरको कारण निम्न लिखीत रोगहरुको लागि औषधी बनाइन्छ ।
– Anti-anxiety agent
– Antidepressants
– Antipsychotics
– Mood stabilizers
– Stimulant

नेपालले गाँजा प्रति कस्तो निती अवलम्बन गर्न उपयुक्त हुन्छ ?
नेपालले गाँजालाई THC को मात्रा ०.३ प्रतिशत भन्दा थोरै हुने भेराइटीलाई पहिचान गरी कृषी उपजको रुपमा विकास गर्नु उपयुक्त हुन्छ । लागु औषधीको कानुनमा सुधार गरी Hemp / Marijuana लाई अलग अलग भेराइटिको पहिचान दिनु पर्दछ । Hemp लाई कृषी र औद्योगीक वनस्पतीको रुपमा विस्तारमा गरी व्यवसायीक करण गर्नु पर्दछ भने ः Marijauna बाट CBD– Medicine निर्माण गरी यस्को प्रयोग बाट क्यान्सर लागेका बिरामीलार्ई सेवन गराई क्यान्सर मुक्त पारी सेवा मुलक रुपमा विकास गर्नु पर्दछ ।

Asia Hemp Summit २०२० र नेपालको भूमिका यहि जनवरी ३१ तारीक देखी फ्रेबुअरी १ तारिक सम्म होटेल पार्क भिलेज होटेल बुढानिलकन्ठ, काठमान्डौंमा विश्वमा गाँजा सम्बन्धी काम गरेका गाँजाको विकासका अभीयन्ता, गाँजाका अनुसन्धानकर्ता र गाँजा सम्बन्धी उद्योगका प्रतीनीधीहरुको सम्मेलन भएको थियो । यसमा अमेरीका, क्यानडा, जर्मनी, बेल्जीयम, मलेसिया, लगायत झण्डै २० ओटा देशको प्रतीनिधित्व थियो । त्यस समिटमा यस लेखकको पनी उपस्थिती थियो । त्यस समिटमा नेपालमा गाँजालाई Legalization गर्नको लागी के कस्तो चुनौती र अवसर छन भन्ने विषयमा झण्डै २ घण्टाको पेनल डिस्कसन पनी राखीएको थियो । दुई दिन सम्म चलेको सम्मेलनमा हरेक देशले आफ्नो देशमा भएका र भविष्यमा हुने गाँजाको बारेमा प्रगती प्रेजेन्टेशन दिएका थिए । यो देख्दा गाँजाको विकास गर्न हामी निकै पछाडी परेको महसुष भयो । आज संसार भर गाजा को व्यापार व्यवसाय झण्डै १२० विलीयन डलरको व्यापार भैरहेको र त्यस बाट नेपालले फाईदा लिन नसकेकोले नेपालमा गाँजालाई बैधानिकताको बाटोमा लागी गाजाको खेती विस्तार गरी

बाझो जग्गाको सदुपयोग गरी गाँजालाई सम्बृद्धिको अभियान सँग जोड्नु पर्दछ ।

TOP