

आज हङ्कङमा राष्ट्रिय आविष्कार केन्द्रलाई एक करोड दान गरिदै,महाबिर पुनसंग बृहत अन्तरक्रिया गरिने। राष्ट्रिय आविष्कार केन्द्रका परिकल्पनाकार डा. महाबीर पुनले समय ,बुद्धि र आर्थिक अनुदान एकैसाथ लान सकेमा मात्र परिकल्पना साकार हुन सक्ने बताउनुभएको छ।
आज हङकङ नेपाल व्यापार संघले आयोजना गर्ने महादान अभियानको पूर्व तयारी छलफलका क्रममा उहाँले सो कुरा बताउनुभएको हो। ब्यापार संघको अगुवाइमा आज हङ्कङ स्थित स्काउट भवनमा रहेको बि पि एन्टरनेशनल होटलको भब्य समारोह बिच च्यारिटी डिनरको आयोजना हुदैछ। सो बृहत कार्यक्रममा महाबिर पुनःले आफूले परिकल्पना गरेको अभियानको बृहत जानकारी दिनुहुनेछ। उहाँले आफ्नो हङ्कङ बसाइ अत्यन्त छोटो भएकाले यसै कार्यक्रममा सबैलाई उपस्थित भइ सहयोग र समन्वय गर्न आग्रह पनि गर्नुभएको छ। आज आयोजना हुने यस भब्य कार्यक्रममा संचारकर्मी शिरोमणि दवाडी र पूर्व मिस नेपाल सुगरिका केसीले महाबिर पुनसंग बृहत अन्तरक्रिया संचालन गर्नेछन। आयोजक हङकङ नेपाल ब्यापार संघले यो कार्यक्रमलाई हङ्कङमा रहेका नेपालीलाई एकताबद्ध भै सहयोगमा जुट्ने अवसरका रुपमा पनि लिएको बताएको छ।
14th May 2019 , 9:38 am
6th Nov 2022 , 3:15 pm
11th Oct 2022 , 2:56 pm
29th Sep 2022 , 8:07 am
28th Sep 2022 , 9:32 am
27th Sep 2022 , 3:21 pm
14th May 2019 , 9:38 am