

परापूर्वकालदेखि नै मेथिलाई भान्छाको सुगन्धका रुपमा मानीदै आएको छ । मेथी खाँदा तितो स्वाद भएतापनि यसले हाम्रो जिवनलाई स्वाद र स्वास्थ्यमा नविनतम उपहार दिंदै आएको छ। मेथीलाई हामी तरकारी एवंम मसलाका दुवैका रुपमा प्रयोगमा ल्याउन सक्छौ । मेथी आयुर्वेदिक दृष्टीले हाम्रो शरिरका लागि एकदमै स्वास्थ्यवर्धक छ । मेथी कतिपय रोगको दवाइ पनि हो । मेथिमा पोटाशियम र भिटामिन जस्ता पोषक तत्वहरु पाइन्छ । मेथीको हरियो पातमा अधिक आइरन पाइन्छ । जसले शरिरमा रहेको कमजोरीपन नष्ट गर्दछ । यसले खोकी, कफ, ज्वरो, टीवी जस्ता खतरनाक बिमारी हरुलाई रोकथाम गर्दछ । साथै मेथीको प्रयोगले शरीरमा भएको कमजोरीपन, दाँतको सडनबाट बचाउँछ ।
डाइविटिज मेथीले रगतमा चिनीको मात्रा संतुलित बनाउँदै डाइविटिज बाट ग्रसित मानीसको लागि फाइदा पु—याउँदछ । अतः ६ देखि १० दाना मेथी नियमित सेवन गर्नु उपयुक्त छ ।
हार्टअटैक — मेथीको दानाले कोलस्ट्रेल लाई नियन्त्रण गर्दछ । जसले हर्टअटैक को जोखिम न्यून गर्दछ । आफ्नो भोजनमा मेथीको साग या मेथीको दानाको प्रयोग गर्नुहोस् ।
पिसावको समस्या — चाँडो चाँडो या घरिघरी पिसाव लाग्ने समस्या भएका मानीसहरुलाई पनी मेथी लाभदायक हुन्छ ।
पेटका जुका — मेथीले पेटका जुकाको समस्या हटाउँदछ ।
फेसप्याक — मेथीको दाना पिसेर फेसप्याक लगाउनाले चाउरी, कालोधव्वा आदी हटाएर अनुहारमा कान्ती ल्याउँछ । मेथीको दानालाई पानीमा उमालेर पानी सेलाएपछि अनुहार सफा गर्न सकिन्छ । मेथीको हरियो पत्ता पिसेर पेष्ट बनाइ अनुहारमा लगाएर १५ मिनेटपछी धुन सकिन्छ । जसबाट धेरै लाभ मिल्दछ ।
ज्वरो आएर घाँटी दुखेमा — ज्वरो आएको छ र घाँटी पनि दुखेको छ भने शुद्ध महमा एकचम्चा कागतीको रस र मेथी मिलाएर खाएमा चाँडै यी रोगबाट मुक्ती मिल्छ ।
यौन क्षमता बढाउन — मेथीको दानाको प्रयोगले पुरुषमा यौन क्षमता बढाउँछ , मेथीलाई मसालाको रुपमा दैनिक आफ्नो खानपानमा समावेश गरेमा यो शक्तिवद्र्धक र प्राकृतिक औषधी भन्दा कम छैन ।
थकान — एकचम्चा मेथीको विउ दैनिक सेवन गरेमा शरिरको थकान दुर हुन्छ ।
सुत्केरी आमाको लागि — मेथीमा धेरै प्रकारको पौष्टीक पदार्थ पाइन्छ । जसको सेवनले सुत्केरी आमाको दुध बढाउने काम गर्दछ ।
आगोले पोलेको दाग — मेथीको विउ रातमा भिजाएर विहान पेष्ट बनाइ पोलेको ठाँउमा लगाएर सुकेपछी सफा पानीले धुने गर्नुहोस । यो प्रकृया केही दिनसम्म नियमित अपनाएमा पोलेको दाग हराएर जान्छ ।
आँखाको कालोघेरा — रातमा भिजाएको मेथीको दाना विहान पेष्ट बनाएर आँखाको कालो घेरामा लगाउने वा हरियो मेथीको पत्ता पिसेर लेप लगाउनाले पनि आखामुनीको कालो घेरा हराएर जान्छ ।
मोटोपन — मोटोपनका कारण दिक्न हुनुहुन्छ भने राती भिजाएको ठुलो चम्चा मेथीको पानी छानेर विहान पिउने गर्नुहोस ।
कपालको समस्या — मेथीको दाना रातमा भिजाएर विहान त्यसको पेष्ट लगाउँदा कपाल झर्ने समस्या हटेर कपाल कालो, बाक्लो र लामो हुन्छ ।
दाँत — मेथी भिजाएको पानीले दाँत रगडेर सफा गर्दा दाँत बलियो र निरोगी हुन्छ ।
ज्वरो — मेथी खाएमा ज्वरो, कफ र पेटको गैस हट्छ ।
कानपाकेर पिप बगेमा — मेथीलाई दुधमा पिसेर छानी हल्का मन तातो बनाएर कानमा राखेमा ठिक हुन्छ ।
सुत्केरी समस्यामा — बच्चाको जन्मपछी सुत्केरी आमाको गर्भाशयको समस्या, गर्भाशय संकुचित नभएको वा प्रसव पिडा भएमा त्यसलाई पनि नष्ट गर्दछ ।
मेथीले शरिरमा भएको विसाक्त पदार्थ बाहिर निकाल्दछ र खुन साफ गर्दछ । कब्जीयतबाट राहत मिलाउँरूछ ।
सावधान — मेथी गर्मी स्वाभावको भएकोहुनाले यसको धेरै मात्रा सेवन गर्नु उचित हुँदैन ।
14th May 2019 , 9:38 am
6th Nov 2022 , 3:15 pm
11th Oct 2022 , 2:56 pm
29th Sep 2022 , 8:07 am
28th Sep 2022 , 9:32 am
27th Sep 2022 , 3:21 pm
14th May 2019 , 9:38 am