

दोलखा जिल्ला बाबरे गा.वि.स. वडा नं. ७ मा जन्मीनु भई हाल कोटेश्वर ३५ काठमाण्डौंमा त्रिशक्ति सिद्धबाबा आध्यात्मिक केन्द्र आश्रम सञ्चालन गरि बस्नुभएका त्रिशक्ति सिद्धबाबा आफ्नो जिवनको ४२ औँ बसन्त पार गरिसक्नुभएको छ । उहाँ आफुले पुनः आध्यात्मिक जन्म पाएकोमा खुशी व्यक्त गर्नुहुन्छ । पिता कमानध्वज पाण्डे र माता लोक कुमारी पाण्डेको कान्छो सन्तानका रुपमा २०३० सालमा मध्यम वर्गीय परिवारमा जन्मनु भएका उहाँले आध्यत्मिक उत्साह, उमङ्ग र रहस्यहरुलाई विगत ५ वर्ष देखि आफ्नो सम्पूर्ण जीवननै समर्पित गर्नुभएको छ । उहाँ विगत ४ वर्ष देखि त्रिशक्ति सिद्धबाबाको नामले प्रचलित हुनुहुन्छ । आध्यात्मिक शक्ति, ज्ञान र दर्शन प्राप्त गर्नुभएका उहाँले आफ्नो ध्यान शक्तिद्वारा कयौँ विरामीहरुको ५देखि १० मिनेट भित्र सफल उपचार गरि धेरैलाई अचम्मित पार्नुभएको छ । यो हिन्दुत्व भित्रको शक्तिको प्रभाव रहेको उहाँ वताउनु हुन्छ ।
सबै धर्म वरावर हो तर कुनै पनि धर्मभित्र धार्मिक अशुद्धता भएमा प्रत्येक घरपरिवार जातजाति समुदाय भित्रमा नै अनिष्ट र राज्य संकटको स्थिति नै पैदा हुन जाने वताउनुहुन्छ । दैनिक जसो ध्यान, ज्ञान, उपचार र धार्मिक शुद्धताको अभियानमा उहाँ जुट्नुहुन्छ । आफुले पाएको ध्यान ज्ञान द्धारा सामाजिक तथा धार्मिक चेतना दिने उहाँको दैनिकी छ । विश्वमा नै धार्मिक सुद्धता होस् भन्ने आवाज उठाउँदै आउनुभएका त्रिशक्ति सिद्धबाबासँग धार्मिक शुद्धता यसको प्रभाव तथा उहाँका आध्यात्मिक अभियान वारे जिज्ञासा राखी कवच विशेष संवाददाताले गरेको संक्षिप्त कुराकानीको अंश प्रस्तुत गरिएको छ ।
सनातनदेखि आपूmले मानि आएको धर्म, परम्परा र आफ्नो चलिआएको रीतिरिवाजको संरक्षणका लागि गरिने पूर्ण, शुद्ध र विधिसम्मत कर्म नै धार्मिक शुद्धता हो ।
पहिलो कुरो त आपूmले परम्परा देखि नै चलिआएको रीतिरिवाज धर्म र संस्कृति विर्सिनु हुँदैन र मुल धर्मको पद्धतिलाई छोड्नु र वेवास्ता गर्नु नै धार्मिक अशुद्धता हो ।
सत्य कुरा हो । विशुद्ध ध्यानमा लागेको गुरुले धार्मिक पद्धतिद्वारा समाज परिवर्तन गर्न चाहन्छ र देशको परिवर्तन समेत देख्न चाहन्छ । देशमा समस्या आउँदा त्यसको नेतृत्व गर्नेले आफ्नो देश र आफ्नो अस्तित्वलाई विर्सदाँ विकराल समस्या आउँछ । यो बुझेर म धर्मसँगै राजनीतिमा पनि चासो राख्दछु । राख्नुपर्ने अवस्था पनि छ । धर्ममा हुने व्यक्तिको निष्ठा र अनुशासन हुन्छ । राजनीतिमा त्यो देखिदैन । यो सिकाउनु पनि जरुरी छ ।
परम्परा देखि चलिआएको राजसंस्था अस्ताउनु ।
देशमा पत्याउन नसक्ने र कहालीलाग्दो बैशाख १२ को महाभुकम्प र महासंकट पर्नु
धर्म निरपेक्षको पक्षमा संविधान बन्नु
देश यिनै राजनीतिक दलका नेताहरुको नियन्त्रण बाहिर जानु आदि हुन ।
तपाईको विचारमा यसको समाधान देशले कहिले कसरी पाउन सक्छ ?
नेतृत्वले आफ्नो पहिचान र हिन्दुत्वलाई सम्हालेको खण्डमा २०७६ श्रावण ३ भित्र हिन्दु राज्य सहितको संविधान र धार्मिक शुद्धता आउनेछ । यही द्ेशको लागि मेरो धार्मिक भविष्यवाणी हो ।
यो ध्यानको ज्योतीद्वारा व्यक्तिमा भएको अशुद्धतालाई शुद्धिकरण गरिदिने विधि हो र मेरो आश्रम आएका हरेक भक्तको उपचार यही शुद्धिकरण मार्पmत गर्छुु र हरेकलाई आफ्नो धर्ममा शुद्धता ल्याउन आग्रह समेत गर्छु ।
छन् ! अलिकति शास्त्र नीतिका कुराहरु जान्ना साथै , थोरै निधारमा रातो, पहेँलो टिका लगाउने र पहेँलो वस्त्र धारण गरी गुरुको पगरी बोकी हिँड्नेहरुलाई पहिला शुद्धीकरणको लागि नित्य शुद्ध र पूर्ण कर्म भएन भनेर जानकारी दिन चाहन्छु । जहाँ नित्य , शुद्ध र पूर्ण कर्म छैन त्याहाँ धर्ममा विचलन आउन सक्नेछ ।
देशको अवस्था सुधार्नको लागि धार्मिक शुद्धता नै चाहिन्छ । धार्मिक शुद्धिकरण गर्नासाथै अहिलेको दुःखित खेल परिवर्तन भई अष्ताएका घामहरु पुनः उदाउँछन् । राजसंस्था आउँदैन र आउनुहुन्न भन्ने कुन शास्त्रमा लेखिएको छ ? कुन त्यस्ता ज्ञानीहरु छन् जसले आउँदैन भनेर ठोकुवा गर्छन् ? मेरो ध्यानले त्यस्ता गुरु संसारभर भेटेको छैन । यो त केवल ध्यानीको लागि क्षणभरको कुरा हो । ध्यानमा मृत्यु शैयाबाट जीवीत गर्न सक्ने क्षमता हुन्छ । यसको मतलव पुर्नजन्म र पुर्नस्थापना नहुने संसारमा केही छैन ।
आफ्नो धार्मिक अस्तित्व कहिले पनि नछोड्नुहोला र अब देश र विश्वमै संकट पर्न गएको छ र यी उदाहरणहरु बुझेर हामीले एउटा व्यक्ति घर वा समाजमा धार्मिक शुद्धता अपनाएर शिवको देश हिमालको देश र शान्तीको देश नेपाल भनेर विश्वमा चिनाउन हर्दम लागिरहनुपर्छ ।
14th May 2019 , 9:38 am
6th Nov 2022 , 3:15 pm
11th Oct 2022 , 2:56 pm
29th Sep 2022 , 8:07 am
28th Sep 2022 , 9:32 am
27th Sep 2022 , 3:21 pm
14th May 2019 , 9:38 am