

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ?
२.आयुर्वेदका अनुसार तीन फल केके हुन् ?
३.तीन प्राणयाम अन्तर्गत केके पर्दछन् ?
४.वेदका तीन काण्ड केके हुन् ?
५.चार युगअन्तर्गत कुुनकुन युग पर्दछन् ?
६.उपत्यकाका चार वाराहीका नाम केके हुन् ?
७.उपत्ककामा रहेका चार विनायकका नाम केके हुन् ?
८.हिन्दु धर्मका पञ्चदेवका नाम केके हुन् ?
९.मानिसका छ शत्रु केके हन् ?
१०.पञ्चरत्नमा कुनकुन धातु पर्दछन् ?
११.हिन्दु धर्मशास्त्र अनुसार सोह्र कर्म केके हुन् ?
१२.रावणका ससुराको नाम के हो ?
१३.देवताका वैद्य को हुन् ?
१४.चोध वर्ष बसी भरतले राज्य गरेको ठाउँको नाम के हो ?
१५.भगवान् शङ्करको नृत्यलाई के भनिन्छ ?
१६.पौराणिक विमानको नाम के हो ?
१७.भगवान् रामले स्थापना गरेको शिव लिङ्गलाई रामेश्वर भनिन्छ भने हनुमानले स्थापना गरेको शिव शिवलिङ्गलाई के भनिन्छ ?
१८.नेपालमा कुन देवीलाई जीवित देवी मानिन्छ ?
१९.शिख धर्मको मूल ग्रन्थलाई के भनिन्छ ?
२०.जैन धर्मको मूल ग्रन्थको नाम के हो ?
२१.जैन धर्मको स्थापना कसले गरेका हुन् ?
२२.इस्लाम धर्मका प्रर्वतक को हुन् ?
२३.बौद्ध धर्मका संस्थापक गौतम बुद्धको निधनपछि लेखिएको पहिलो गन्थ्र कुन हो ?
२४.विद्याकी देवी सरस्वतीलाई मन पर्ने रङ कुन हो ?
२५.द्वापर युगका अन्तिम राजा को हुन् ?
२६.वराह क्षेत्र नेपालको कुन जिल्लामा पर्दछ ?
२७.रातो मच्छिन्द्रनाथको जात्रा कुन जिल्लामा मनाइन्छ ?
२८.महाभारतका पात्र विदुरका पिता को हुन् ?
२९.राई जातिका पुरोहितलाई के भनिन्छ ?
३०.थारु जातिका पुरोहितलाई के भनिन्छ ?
३१.गोसाइकुण्ड तीर्थस्थल कुन जिल्लामा पदर्छ ?
३२.संस्कृत भाषामा पहिलो बौद्ध नाटक लेख्ने को हो ?
३३. बच्चा जन्मेपछि जन्मेको समयको आधारमा बच्चाको नाम राख्ने प्रचलन कुन जातिमा छ ?
३४.दुलाहा आउनु अघि गधाको पूजा गर्ने चलन कुन जातिमा छ ?
३५.लिम्बु जातिहरूको विवाहको समयमा दुलाहाको घरमा हुने नाचलाई के भनिन्छ ?
३६.पैसा छोए पाप लाग्छ भन्ने विश्वास नेपालको कुन जातिमा छ ?
३७.नेपालको कुन जातिले आफूलाई प्रजा भन्न रुचाउँछन् ?
३८.विवाह गर्दा दुवै पक्षका सम्धीहरूबिच लडाइँ गर्ने चलन कुन जातिमा छ ?
३९.थारुका इष्ट देवताको नाम के हो ?
४०.नेवारी भाषाको पहिलो पत्रिका कुन हो ?
१. स्वर्ग,मत्र्य र पाताल २.हर्रो,बर्रो र अमला ३. पूरक,कुम्भक र रेचक ४.कर्मकाण्ड,उपासना काण्ड र ज्ञान काण्ड ५.सत्य युग,त्रेता युग, द्वापर युग र कलि युग ६.वज्र वाराही,धूम वाराही, श्वेत वाराही र नील वाराही ७.सूर्य विनायक,जलविनायक,अशोक विनायक र चन्द्र विनायक ८.गणेश,शिव,देवी, सूर्य र विष्णु ९.काम,क्रोध,लोभ,मोह,मद र मात्सर्य १०.सुन,हीरा,मोती,नीर र माणिक११.गर्भाधान,पुंसवन,सीमान्तोन्नयन,जतकर्म,नामकर्म,निष्क्रमण,अन्नप्राशन,कर्णवेध,विद्यारम्भ,चूडाकर्म,केशान्त,उपनयन,वेदारम्भ,समावर्तन,विवाह,अन्त्येष्टि १२.माल्यवान १३.अश्विनी कुमार १४.नन्दी ग्राम १५.ताण्डव १६.पुष्पक १७.अनुमति १८.कुमारी १९.गुरु ग्रन्थ साहेव २०.वचनामृतम् २१.महावीर स्वामी २२.पैगम्बर मोहम्मद २३.मूल सर्वानिस्तिविनय २४.सेतो २५.जनमेजय २६.सुनसरी २७.ललितपुर२८.वेदव्यास २९.डोपा ३०.भर्रा ३१.रसुवा ३२.अश्वघोष ३३.झाँगड ३४.बानियाँ ३५.च्याब्रुङनाच ३६.राउटे ३७.चेपाङ ३८.धुलेल ३९.घोडा ४०.पाशा (साथी)
14th May 2019 , 9:38 am
6th Nov 2022 , 3:15 pm
11th Oct 2022 , 2:56 pm
29th Sep 2022 , 8:07 am
28th Sep 2022 , 9:32 am
27th Sep 2022 , 3:21 pm
14th May 2019 , 9:38 am