म्यानमारमा भव्य धार्मिक मेला

महाशिवरात्रीका अवसरमा म्यानमार(वर्मा)को शिव संखाइ धाममा विशाल मेला सम्पन्न भयो । अखिल म्यान्मादेशीय गोर्खा हिन्दू धार्मिक संघको अगुवाइमा व्यवस्थापन गरिदै आएको सो धामको शिवरात्री मेलाको व्यवस्थापन पनि सोही संघकै नेतृत्वमा भएको हो । शिवरात्रीको दुईदिन अगाडिवाट सुरु भएको मेलामा देश तथा विदेशवाट दर्शनार्थीको घुँइचो लागेको थियो । मेलामा उपस्थित सबै दर्शनार्थीलाई 
खाने तथा वस्ने प्रवन्ध गरिएको थियो । नेपाली पात्रो अनुसार फागुन ११ गते अर्थात फेव्रुअरी २२ तारिखका दिन वर्मा स्थित उच्च पदस्थ व्यक्तित्व तथा सुरक्षा निकायका प्रमुखहरु समेत उपस्थित भव्य समारोहवीच मेला समूद्घाटन गरिएको थियो । मेलामा उपस्थित भक्तजनलाई मनोरञ्जन प्रदान गर्न वर्मा ,थाइल्याण्ड, भारत तथा नेपालवाट आएका कलाकारहरुले ३ दिनसम्म लगातार सांगीतिक प्रस्तुति दिएका थिए । 

म्यान्मादेशीय गोर्खा हिन्दू धार्मिक संघको आयोजनामा म्यान्मार (बर्मा)का विभिन्न स्थानमा आयोजित कार्यक्रममा नेपाली कलाकारहरूले आफ्नो प्रस्तुतिबाट दर्शकको मन निकै राम्ररी जित्न सफल रहे । पहिलो चरणमा शांखाइमा रहेको शिव धाममा शिवरात्रीको उपलक्ष्यमा आयोजित तीन दिने मेलामा उपस्थित भक्तजनहरूलाई मनोरञ्जन दिन आयोजना गरिएको सांगीतिक कार्यक्रममा लगभग पाँच लाख दर्शक बिच नेपाली कलाकार टोलीले नेपाली गीत,हास्य प्रस्तुतिका साथमा नृत्य प्रस्तुत गरेका थिए । त्यसैगरी दोश्रो चरणमा प्यु लिङ र माण्डलेमा आयोजित कार्यक्रममा नेपाली कलाकार टोलीले प्रस्तुत गरेको कार्यक्रममा यहाँस्थित नेपालीको उल्लेख्य उपस्थिती थियो । गायक आनन्द कार्की, श्रीकृष्ण लुइँटेल,गायिका प्राश्ना शाक्य र ह“ास्य कलाकार तथा उद्घोषक शिरोमणि दवाडीले प्रस्तुति दिएका हुन् । म्यान्मारमा पहिलो पटक पुगेका गायक कार्की र गायिका शाक्यका सुमधुर नेपाली तथा हिन्दी गीतहरूले उपस्थित दर्शकलाई सांगीतिक मनोरञ्जन दिएको थियो ।नेपाली गीत, संगीतलाई ज्यादै रुचाउने म्यान्मारबासी बिच पूर्व परिचित गायक लुइँटेलका प्रस्तुतिले उपस्थिति दर्शक नचाएको थियो भने हांस्य कलाकार शिरोमणि दवाडीले बिच
बिचमा प्रस्तुत गरेको हास्यब्यङ्ग शैलीको उद्घोषणले ह“साएको थियो । यस अघिका विभिन्न कार्यक्रममा आफ्ना हांस्य शैलीका गीतमार्फत म्यान्मारबासीलाई सांगीतिक संवाद चखाइसकेका लुइँटेललाई पुनः यस पटक पाउंदा प्रायः हरेक प्रस्तुतिमा उनका फ्यानले गीत गुनगुनाउ“दै हुटिङ्ग गरेर उनलाई साथ दिएका थिए । घण्टौंको यात्रा गरेर कार्यक्रम हेर्न भेला भएका दर्शकले नेपाली कलाकारलाई लामबद्ध भै मन्चमै उक्लेर माला लगाइदिएर गरेको स्वागतले नेपाली कलाकार निकै खुसी देखिएका थिए । नेपाली कलाकारलाई समन्वय गर्नुहुने थाइ नेपाली संघका अध्यक्ष कुमार कार्कीले कार्यक्रम सफल रहेकोमा सबैले गर्व गरेको बताउनुभयो ।
धार्मिक संस्थाको आयोजनामा नेपालबाट आएर मेला सफल बनाइदिएकोमा खुसी ब्यक्त गर्दै उहाँले यस कार्यक्रमले नेपाल र बर्मा बिचको कला तथा सांस्कृतिक सम्बन्ध निकै सुदृढ हुने बिश्वास ब्यक्त गर्नुभयो । त्यस्तै नेपाली कलाकार टोलीको नेतृत्व गर्नुहुने गायक आनन्द कार्कीले बर्मा आफैमा नेपाली संस्कृति र सनातन परम्पराका लागि महत्वपूर्ण स्थल रहेको स्मरण गराउनुभयो। नेपाली कलाकार टिमको स्वागतका लागि आयोजक संस्था अखिल म्यान्मादेशीय गोर्खा हिन्दू धार्मिक संघको सांस्कृतिक विभागले नेपाली सांस्कृतिक झांकी,गीत तथा नृत्य प्रस्तुत गरेका थिए। बर्मामा कृयाशील हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको एक मात्र छाता संस्थाका रूपमा रहेको यस संघका अधिनमा देशभर ३६ शाखा छन भने ३६० मन्दिर रहेका छ्न ।बर्मामा लगभग अढाइ लाख नेपालभाषी बस्दै आएका छन।
यसै विच थाई नेपाली संघका अध्यक्ष कुमार कार्कीको संकल्पमा निर्माण हुने असी फिटको शिव मूर्तिको विधिवत जग पूजा पनि गरिएको छ । शिव मूर्ति प्रतिष्थापन गर्न निर्माण गरिएको स्थलमा विभिन्न वहुमुल्य धातु तथा गहना सहित मन्त्रोच्चारण गरी मूर्ति प्रतिस्थापनको विधि पूरा गरियो । एक वर्ष भित्रमा सो ठाँउमा मूर्तिको सम्पूर्ण निर्माण कार्य पूरा गरिने उदेघोष समेत सोही अवसरमा गरिएको थियो ।
मेलाको गतिविधि वारे जानकारी दिदै अखिल म्यान्मादेशीय गोर्खा हिन्दू धार्मिक संघका अध्यक्ष मणीलाल पौडेलले वर्मा धार्मिक सहिष्णुताको अनुपम नमुना देश रहेको वताउनुभयो । हिन्दू तथा वौद्ध धर्मावलम्वीहरु आवद्ध संघको अगुवाईमा आयोजना गरिएको मेलामा अन्य धर्मावलम्वीका व्यक्ति पनि भेला भएको उहाँले जानकारी गराउनु भयो । मेलामा उपस्थित सबै भक्तजनलाई एकै ठाउँ राखेर भोजन गराउने र साझा स्थलमा सुत्ने र वस्ने व्यवस्था गरिएकोमा यसले पनि सवैलाई एउटै परिवारको सदस्य महसुस गराउने वताउनुभयो ।
http://www.webbanknepal.com/
संघ अन्तरगत रहेको सांस्कृतिक विभागका अगुवा नारायण पाण्डेका अनुसार पहिलोपटक अन्य देशका कलाकारका साथमा नेपालवाट पनि कलाकार आमन्त्रण गरिएकोले मेला अझ भव्य वन्न पुगेको हो । उता राम नवमीको अवसरमा श्री रामेश्वर संस्कृत विद्यापिठ(परहित) धाम उच्च शिक्षा अध्ययन संस्थान लोरखुमा पनि राम नवमीको अवसर पारी विशाल सत्संङ्ग तथा धार्मिक भेला सम्पन्न गरिएको छ । नेपालवाट आउनु भएकी धार्मिक विदुषि सपना श्रेष्ठ लगायतका विद्वानले प्रवचन दिने तथा वर्माका कलाकारहरुले विभिन्न सांगीतिक प्रस्तुति गर्ने कार्यक्रम रहेको धाम विद्यापिठ संचालक समितिका पदाधिकारीले जानकारी दिएका छन् ।
TOP