आहार योग पनि योगको नै एक अभिन्न र मानव जीवनको लागि अति महत्वपूर्ण अंग हो । एक अनुसाशित साधकले सन्तुलित र स्वस्थ जीवन यापन गर्नका लागि जसरी अरु विभिन्न योग साधनाहरुको आवश्यकता पर्दछ त्यसैगरी आहार योग पनि आवश्यक छ । आहार योगको पालनाले मानिसले जीवनका शारीरिक , मानसिक , वौद्धिक र आध्यात्मिक शक्तिको उत्थान गरि ति विविध पक्षहरुको विकास र रक्षा गर्दै अगाडी वढ्नु एक सच्चा साधकको परम कर्तव्य हुन जान्छ ।
मानव शरीर पोषणका लागि प्रकृतिले दिएका र मानिस द्वारा उत्पादन गरिएका खाद्य वस्तुहरुलाईनै आहार भनेर भनिन्छ । हजारौ किसिमका यस्ता खाद्य वस्तुहरु प्रकुतिमा हामी मानव जातिकालागी नै इश्वर द्वारा उपलव्ध गराइएका छन् । यस्ता खाद्य वस्तुहरु हाम्रो मुख मार्ग वाट पठाइन्छ । यसरी पेटमा पुगेको आहारलाई विभिन्न रस र पाचक जठराग्नीले पचायर रस वनाउदछ र त्यसलाई रगतको रुपमा, मासु , वोसो, हड्डी, मज्जा र विर्यको विकासको रुपमा परिणत गरिदिन्छ । यसै अन्नवाट नै त्रिदोस वात, पित्त र कफको पनि उत्पत्ति हुन जान्छ । यसै प्रक्रियावाट शरिरलाई आवश्यक तत्वहरुको आपूर्ति हुन जान्छ र उचित स्याहार सम्हार पुष्टि र रक्षा भइरहन्छ । यसर्थमा मानव जीवनमा आहारको महत्व अधिक रहेको छ । गहिरिएर नै वुझ्ने हो भने आहारनै मानव श्रृष्टिको उत्पादक हो । यो तथ्य हामी उपनिषद्मा पढ्न पाउछौं ।
स्पष्ट छ की जीवनमा आहार अपरिहार्य वस्तु हो । विना आहार वाँच्न असम्भवप्राय नै देखिन्छ । प्राणीलाई उसको गर्भकाल देखिनै आहारको आवश्यकता पर्दछ । गर्भमा वच्चाले आमाले खाएको आहारको माध्यमवाट आवश्यक तत्व ग्रहण गर्ने गर्दछ । शरीरका विभिन्न क्रियाकलाप हरु आहारवाटै संचालित भएका हुन्छन । हामीले खाएका सम्पूर्ण आहार एक रसायनको रुपमा परिणत हुन्छ र जीवनको उर्जा प्राण वनेर सारा सशिरर तन्त्रको संचालन गर्दछ । त्सैले आहार हाम्रो जीवननै हो भनेर भन्न सकिन्छ । प्राण दाता जीवन दाता भएकोले नै वेदमा “अन्नं व्रह्म ” अर्थात अन्न व्रह्म नै हो भनेर भनिएको पनि छ ।
हाम्रो यो सम्पूर्ण शरिरलाई आहारको एक परिवर्तित रुप मानिन्छ जसको कारण हामी जस्तो आहार लिन्छौं हाम्रो शरीर त्यस्तै वन्छ आहार संगै हाम्रा इन्द्रिय र मन पनि संयुक्त छ । त्यस कारण वेदान्तमा मनुष्य शरिरलाइृ अन्नमय कोषको संज्ञा दिइएको छ । हामीले ग्रहण गरिएको आहारको प्रकुतिमुताविकनै नै शरिर, इन्द्रिय,मन र वुद्धिको निर्माण हुने भएकाले हाम्रो सुन्दर चरित्रको निर्माता पनि हो । जसरी यो प्रकृतिलाई सतगुण, रजगुण र तमगुण गरी तीन भागमा विभाजन गरिएको छ ठिक त्यसैको आधारमा आहारलाई पनि सात्विक आहार, राजसिक आहार र तामसिक आहार गरी तिन भागमा नै वाँडीएको छ । यि तिन को अलग अलग व्याख्या निम्न प्रकारको छ ।
तात्विक रुपमा आहारका तिन प्रकारहरु मध्य सात्वीक आहारलाई पहिलो श्रेणीमा राखिएको छ । यस भित्र अन्न ः चामल ,मकै, गहूँ तथा दालमा मुग, महसरी , चना आदि र तरकारीमा चम्सुर,वन्दा,कर्कलो, काउली, फर्सि, करेला , स्कुस, काँक्रोआलु , मूला, तरुल, भटमास, केराउ, चना, सिमी, वोडी, गाँजर आदि पर्दछन् । यस्ता आहार हरुउचित विधि र ज्ञान पूर्वक ग्रहण गर्न जानेको खण्डमा शरिरको लागि आवश्यक पर्ने कार्वो हाइड्रेड, प्रोटीन, भिटामीन, खनिज र पानि जस्ता महत्वपूर्ण कुराहरुयसै वाट प्राप्त हुन्छ । जसको कारण शरिको विकास , निर्माण , रक्षा गर्न र दैनिक जीवनमा आवश्यक शक्ति प्रदान गर्न भरपूर कार्य गर्दछ । दाल , भात , तरकारी लगायत कागती,आँवला, मह, विभिन्न फलफुलहरुतिल, तुलसी आदि पनि सात्विक आहार भित्र पर्दछन । सात्वीक आहार हल्का प्रकृतिका हुन्छन । यीनको सेवनले इन्द्रियमा संयम कायम रहन्छ र मनलाई स्थीर वनाउछ । यस्ता सात्वीक आहार शरिर, मन र आत्मा लाई समेत सनतुलनमा राख्ने प्रकृतिका हुन्छन् ।
आहारको अर्को तात्विक प्रकार राजसी आहार हो । यस आहार भित्र अत्याधिक चिल्लो, पिरो , अमिलो, नुनिलो तथा रुख्खा सुख्खा आदि भोजन हरु पर्दछन् । यस्ता आहारहरु सात्वीक आहारहरुको तुलनामा ठिलो पच्ने खालका हुन्छन् । यस्तो आहारले मनलाई मन्द पार्ने क्षणीक रुपले कृत्रिम उर्जाको आस दिलाउने तथा संयम टुटाउने हुन्छ ।
तिन आहार मध्य अन्तिम तामसिक आहार हो । यस अन्र्तगत वासी, सडे गलेको, गन्ध आउने, खाँदा मुख विग्रने, एकदमै तातो वा एकदमै चिसो, काँचो टर्रो ओइलिएको, कुहिएको खाद्य पदार्थ जो शरीरको नियम विरुद्ध पर्दछन् । अहिलेको अवस्थामा विगविगिको रुपमा रहेको वेइमानि, भ्रष्टाचार, चोरी, ठगी, घुस जस्ता अन्याय पूर्ण कर्म गरेर आर्जन गरेको आहारलाई पनि तामसिक आहार भित्रै पर्दछन् । यस्तो आहारले मानिसको रोग निम्त्याउने तथा आयु घटाउने काम गर्दछ । यस्तो किसिमको आहारको सेवनले समाजमा नराम्रा किसिमका मनोवृत्तिहरु जन्मन पुगेका छन् । यस्ता किसिमका आहारहरुले शरिर , मन र आत्माको सन्तुलन विगार्ने र मानव चेतनामा ह्रास ल्याउने गर्दछन् । यस्तो हुँदा सम्पूर्ण सामाजिक सन्तुलन नै विग्रने सम्भावना प्रवल रहन्छ । त्सकारण यस्ता तामसीक आहारवाट मानवलार्य वचेर रहनुमै सर्वोत्तम हुन्छ ।
हरेक प्राणीका लागि खाना अत्यावश्यक चिज भएको कुरा सवैमा विधितै छ । जसरी आहार अत्यावश्यक छ त्यसरीनै खानालाई जथाभावी ग्रहण गरियो भने यसले हाम्रो शरिरमा प्रतिकुल असर पार्ने कुरामा पनि दुईमत छैन । त्यसकारण हामी खाना कसरी खान्छौ. त भन्ने कुरामा पनि ध्यान दिनु पर्ने हुन्छ । यसैलाई नै आहार अनुसासन भनेर भनिन्छ । हाम्रा पूर्वज ऋषि मुनिहरुले आहार ग्रहण गर्नको लागि पनि अनुसासनको आवश्यकता पर्ने महसुस गरि त्यसै अनुस्प आहार गर्नाले त्यही आहार तिनिहरुको लागि औषधि सिद्ध हुन गयो प्राचिन कालमा कुनै हस्पीटलनै थिएनन साधारण मौसम अनुुसारको कुनै रोग आइहाले पनि जडीवुटीले ठिक भैहाल्थ्यो तर आजको हाम्रो यो अस्त व्यस्त जीवन पद्धतिले गर्दा हामीले ग्रहण गरेका आहारहरु विष वनिराखेका छन र हामी सवैको शरिलाई रोग, शोक, चिन्ता आदि नकारात्मक तत्वहरु को घर वनाएका छन् । अस्पतालहरुमा भिड अधिक वढेका छन् । यस्तो असन्तुलित आहारले गर्दानै यस्तो भएको हो । रोग लागेर उपचार गर्न जानु भन्दा त सन्तुलित आहार अनुशासन अपनायर रोगलाग्नै नदिनु उत्तम होइन र ? हामीले सोच्नै पर्ने भएको छ । आहार अनुसारन अन्र्तगत केही बुदागत रुपमा तल प्रष्ट्याउन खोजिएको छ ।
संसारका विभिन्न प्राणीहरु ले कुनै न कुनै तरीकाले आहार को ग्रहण गरिराखेकै हुन्छन । पशु , पंक्षी , जलचर सबैले आफ्नो शरीरलाई आवश्यक आहार प्राप्त गरिराखेको हामी देख्दर्छौ ती सबैको आफ्नो आफ्नो अलग अलग तरिकोको पाचन शक्ती हुने गर्दछ । त्यसमा सर्वो श्रेष्ट प्राणी मानिस हो मानिसमा पनि सवै मानिसहरुको पाचन शक्ति एकै किसिमको हुन्छ भन्ने छैन । कुनै व्यक्तिको पाचन सामथ्र्य ज्यादा त कुनै को कम हुन सक्छ । त्यस अनुसार नै भोजनको मात्रा निश्चित गर्नु पर्छ । कीनकी कुनै प्रवल पाचन शक्ति भएको मानिसले खाएको भोजन अरु मध्यम र निम्न पाचन शक्ति भएकाहरुका लागि सुपाच्य नहुन सक्छ । अहिलेका मानिसहरु खाना खाने वेलामा टन्न कोचि खाने प्राय चलन छ यस्तो गर्नु हानिकारक हुन्छ यसलाई आहार अनुशासन भनिदैन । भोक लागेको वेलामा तुरन्त भोजन गर्नु पर्छ तर कोचेर होइन ठिक्क मात्रामा पेटमा जाने भन्दा केही कम नै खाने वानी राम्रो हो । अत्यन्त कम खानु पनि हानीकारक नै हुन्छ । त्यसैले भोजन गर्दा आफ्नो पाचन शक्तिको अडकल गरेर पेटमा जाने भन्दा केही कम ने खानु उपयोगी रहन्छ ।
खाएको खाने कुरा राम्रो संग नपच्दा सम्म अर्को खाना खानु हुँदैन । हामीहरुले भेटेको वेलामा थोरै धेरै मुखमा हालिहाल्छौं । किन भने पहिलादेखिनै पेटमा रहेको खाना पाचन प्रकृयामा चलिराखेको हुन्छ । माथिवाट अर्को खानेकुरा पेटमा पठाइयो भने पाचन प्रकृया सहज तरिकाले कार्य गर्न सक्दैन र हाम्रो पेटमा समस्या आउने पनि हुन्छ । कुनै मिठो खाने कुरा देख्यो भने त्यता तिर दगुरीहाल्ने हाम्रो वानि हुन्छ । यसरी जवरजस्ती खाइएको खानाले शरिरलाई हित गर्न सक्दैन । खुलेर भोक लागेपछिखाएको आहारले नै मानव शरीरको लागि सकारात्मक उर्जा दिन सक्छ । भोक लागेको वेलामा खाना खान विलम्व गर्ने पनि हुँदैन खाना नखाएर भोक मरिसकेपछि खायएको खानाले शरिरलाई हित गर्देन । रस एक घण्टामा, फल एवं सागपात २ घण्टामा, मेवा–मिष्ठान्न ३ घण्टामा , सादा अन्न ४ घण्टामा र हलुवा आदि खाने कुरा ५ घण्टामा पच्दछ । पहिले खाएको खाना नपच्दै अर्को खाना खाने गर्दा पाचन शक्तिमा ह्रास हुदै जान्छ र स्वास्थ्यमा प्रतिकुल असर पर्न जान्छ । यस्तो भयो भने खाएको खाना आधा पच्ने र आधा त्यसै निस्कने हुन्छ । खाना पूर्ण रुपमा पाचन नभए पछि शरीरले आवश्यक तत्व प्राप्त गर्न सक्दैन र रोगी हुँदै जान्छ ।
कुनै पनि भोजनलाई खाँदा राम्रो संग चपाइ चपाइ खाने गर्नु पर्दछ । भनिएको छ मुखमा राखेको खानालाई सकेसम्म ३२ चोटी चपाएर मात्र निल्ने गर्ने पर्दछ । यसरी चपाएको खानामा पाचन रस राम्रो संग घुलेको हुन्छ र आमासयलाई पनि अतिरिक्त भार पर्दैन र सहज तरिकाले पाचन हुन्छ । खाना संगै प्रसस्त पानी पिउनु हुदैन । खाना खाँदा एकदुइ घुट मात्र पानी पिउने गर्नु राम्रो हुन्छ । खाना खाएको करिव आधा घण्टा पछि वा खाना खानुभन्दा आधा घण्टा पहिला पानि पिउनु स्वास्थ्यको लागि अति उत्तम हुन्छ ।
हाम्रो वाँच्ने आधारनै भोजन भएकोले यो अति महत्वपूर्ण चिज हो । त्यसैले यसको दुरुपयोग गर्नु हुँदैन वा एक कण पनि खेर फाल्नु हुँदैन आफुलाई जति आवश्यक छ त्यतिमात्र लिनु पर्दछ । भोजन गर्दा एकदमै खुसी वा प्रशन्न मुद्रामा रहनु पर्दछ वा भोजन गर्दा खुसी भएर गर्नु पर्दछ यसरी गरिएको भोजनले शरीरको राम्रो पोषण गर्दछ र मानिसलाई उर्जा प्रदान गर्दछ । भोजन गर्दा दुःखी भएर, चिन्ता लिएर गर्ने गरियो भने त्यसले नकारात्मक प्रभाव पार्दछ । त्यसकाराण् भोजन समयमा उत्यजना, रिस, डाह, उच्छृङ्कखलता वा उत्ताउलोपनलाई विल्कुलै स्थान दिइनु हुादैन ।
हामीले दैनिक रुपमा भोजन गर्ने दाल भात रोटी तरकारी नै पोषक तत्वहरुले पूर्ण हुन्छन् । दुध, दहि, ढिडो, र ढिकीमा कुटेको चामल शरिरको पोषणको लागि अति उपयोगि मानिन्छन । वेमौसमका फलफुल तरकारी भन्दा पनि मौसम अनुसारका फलफुल तरकारी हरुको सेवन गर्नु राम्रो हुन्छ ।
कुनै पनि भोजनलाई त्यसको प्रकृति हेरेर सोही अनुरुप पाकाउने विधिलाई नै भोजनको पाक विधि भनिन्छ । भोजलाई पकाउदा त्यसमा विध्यमान गुण वा तत्व नष्ट नहुने गरि पकाउनु पर्दछ । भोजन पकाउदा त्यसको पोषक तत्वनै नष्ट हुने गरि वढी पकाउनु पनि उचित हुँदैन र धेरै काँचो पनि राम्रो हुदैन । ठिक्क आँचमा हल्का पाक्ने गरिमात्र पकाउनु पर्दछ ।
आहारलाई सकेसम्म त्यसको प्राकृतिक रुपमा नै ग्रहण गर्नु उचित हुन्छ । त्यसका लागि निम्न लिखीत कुराहरुमा ध्यान दिनु पर्ने हुन्छ ः
धानलाई सकेसम्म ढिकीमै कुट्ने र त्यसवाट निस्किएको कनिकालाई नफ्याक्ने । सके सम्म तरकारीको वोक्रा नफ्याक्ने । पिउने पानी शुद्ध र सफा राख्ने दुशित भए उमालेर मात्र पिउने । अहिलेका मानिसहरुलाई खर्याउने, फुराउने चिजहरुमात्र वढी मन पर्ने हुन्छ यस्तो भन्दा थोरै मात्रामा उमालेर , वफाएर पकाएको खाना खानु लाभदायक हुन्छ । खाना तिव्र आँचमा पकाउनु हुदैन । दाल चामा तथा गेडा गुडी लाई धेरै मिचिमिचि पखाल्नु हुदैन । चामल , दाल पखालेको पानी फोहोर भए फ्याकेर सफा पानी खाना पकोदा प्रयोग गर्न राम्रो हुन्छ । साग तरकारीलाई पनि धेरै मिचि मिचि पखाल्दा त्यसमा भएको तत्वहरु जान सक्छ त्यसैले हल्का तरिकाले पखाल्नु पर्दछ । ताकी त्यसको फोहोरमात्र जाओस । तरकारी बोक्रैसंग पकाएको राम्रो हुन्छ वोक्रा तासेको छ भने कुनै कुनै लाई त सफा गरि अचार पनि वनाउन सकिन्छ । कम आँचमा धेरै अनावश्यक मसला ,तेल, खुर्सानी आदि नराखीकन पकाउनु पर्छ । वरु अमिलोमा कागती, गोलभेडा वा दहि र चिल्लोमा वदामको तेल, शुद्ध सूर्यमुखीको तेल प्रयोग गर्दा राम्रो हुन्छ । सकभर भोजनलाई तरकारी वा सागपातमय वनाउनु अति लाभदायक हुन्छ । कागति , गोलभेडा, प्याज, हरियो वोडी, वनदा, मूला, गाजर जस्ता तरकारीलाई नपकाइकन प्रत्यक्षरुपमा खाने गर्नु पर्छ । पाकी सकेपछि भोजन तातै ग्रगण गर्नु राम्रो हुन्छ । एक चोटी सेलाएको खाना फेरी तताएर खानु लाभदायक हुँदैन । खाना खाइसके पछि लवणको पूर्तिको लागि एक दुई घुट्का दुध पिउनु राम्रो हुन्छ । खाना खाइसके पछि राम्ररी हात धुने र मुख कुल्ला गर्ने गर्नु पर्दछ सकेसम्म जुठो नखाने र काँचो खाने कुराहरु राम्रो संग छोपेर राख्नु पर्दछ ।
आहारयोगको अन्त्यमा यहि निश्कर्श निस्किन्छ की जुन वस्तु वा खाद्य पदार्थमा वढी रस हुन्छ त्यो त्यतीनै सुपाच्य र पोषक पनि हुन्छ । सवै किसिमका खाद्य पदार्थहरुवाट पोषक तत्व जलीय आकारमा नै शरीरमा गएर काम गर्दछ । यहि कारणले पनि रसदार फलफुलहरु सवैका लागि पोषक र उपयोगी मानिन्छन । दुधमा ९० प्रतिशत जलीय अंश भएकोले नै अधिक पोषण येक्त र सुपाच्य हुन्छ । सागपातलाई कम आँचमा थोरै समय लगाएर पकाउने सल्लाह पनि यसैकारणले दिइएको हो । अन्न, दाल आदिमा जलिउ पदार्थ कम मात्रामा भएको कारणले यसलाई गिलो वा झोल अवस्थामा परिणत गराएर ग्रहण गर्ने गरिन्छ । रोटी पकाउन को लागि २ देखी ३ घण्टा सम्म पिठो भिजाउने गरिन्छ । दाल गेडा गेडीलाई त १२ घण्टा अगावै भिजाएर राख्ने गरिन्छ । उपरोत्तत सवै आहार नियमहरुको पालनाले नै हामी स्वस्थ र दिर्घजिवी वन्न सक्छौंं । अहिलेका मानिसहरुलाई त खाना खाने पनि समय हुदैन हिड्दै काम गदै. खाना खाइराखेका हुन्छन यस्तो गर्नु उचित हुदैन । हामीले यो सत्यलाई राम्रो संग बुझ्नु आवश्यक छ की शरीर छएको खण्डमा मात्र सवै प्रशन्च हाम्रो लागि छ शरीरनै नभए यम्पूर्ण चिजहरुको केही महत्व रहदैन । यही शरीर रोगी भयो भने हामी कति दुःखी हुन्छौं । हाम्रो जीवन निकै कष्टकर हुन्छ त्यसैकारण आहारयोगको इमानदारी पूर्वक पालना गर्नु नै स्वस्थ जीवन यापन गर्ने सहि मार्ग हो र मानिसको कर्तव्य पनि यही हो ।
सन्धर्व सामाग्राी – विशुद्धदेवको चरित्र विज्ञान
–सुस्मिता गैरे
14th May 2019 , 9:38 am
About an hour ago
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago
14th May 2019 , 9:38 am
21st Mar 2025 , 12:24 pm
21st Mar 2025 , 9:02 am
8 hours ago
23rd Mar 2025 , 8:30 am
20th Mar 2025 , 4:14 am