विपश्यना ध्यानको वारेमा गरिएको डा. रुपज्योति संगको अन्तरर्वाता

 

विपश्यना ध्यानको वारेमा गरिएको डा. रुपज्योति संगको अन्तरर्वाता

     विपश्यना ध्यान र यसको महत्वको वारेमा कसरी आम ब्यक्ती वा पाठक वर्गलाई बुझाउन सकिन्छ केहि वताई दिनुस न ?

विपश्ना साधना भगवान बुद्धको शिक्षाको सार हो । भगवान वुद्धले मन्त्र जप्ने अथवा पूजापाठ गर्ने धर्म सिकाउनु भएकोे होइन । उहाँले त मानिसले जीवनलाई कसरी जीउने, दुख र सुखलाई कसरी सामना गर्ने र दुःखवाट कसरी मुक्त हुने भन्ने जीवन जिउने कला सिकाउनु भयो आठ अंगमा विभाजित भएकोले यसलाई अष्टाङ्ग मार्ग पनि भनिन्छ । विभाजन गरी विपश्ना नाम दिनुभयो । स्वयं आफैले निकै ठूलो परिश्रम गरी यस्तो वैज्ञानिक विधि र विद्याको खोजी गर्नु भयो । आफू दुःख मुक्त भएर अरुलाई पनि सो गराउनु भयो । यसलाई एक भुमिकाको रुपमा लिन सकिन्छ । पछि मुख्यरुपमा उहाँले के गर्दै जानुभयो भने जिवनमा जेजस्ता दुख आउँदछन ती सबै आफ्नै कर्मका फल हुन र त्यस्ता गलत कर्मवाट आफूलाई कसरी वचाउने भन्ने कुरालाई सैद्धान्तिक र आध्यात्मिक रुपमा अगाडि ल्याउनु भयो । यो ब्यवहारीक पक्ष हो । यस्तो गर्नुपर्छ भनेर सबैलाई थाहा छ तर गर्ने कसरी र कहाँवाट सुरुवात गर्ने विधि भगवान बुद्धले दिनुभएको छ । सबै कुराको सुरुवात मनवाट हुन्छ । सव भन्दा वढी महत्वपूर्ण मन नै हो । हरेक कर्मको सुरुवात मनवाट नै हुन्छ । मनवाट उत्पन्न भएको कर्म वाँणीको कर्मको रुपमा परिणत हुन्छ र विस्तारै त्यो शरीरको कर्ममा उत्रिन्छ । गाली गलोज गर्नु , अपशब्दहरु वोल्नु वाँणीका कर्म भए र कुटपिट गर्नु , हत्या गर्नु शरीरका कर्म भए । यो सबै मनवाटै उत्पन्न हुन्छ । आफ्नो कर्म सुधार्नु छ भने मनको कर्मलाई सुधार्नु पर्ने हुन्छ । यही मनलाई कसरी सुधार्ने भन्ने साधना नै विपश्ना हो । विपश्नामा सव भन्दा पहिलो चरणमा मनलाई कसरी एकाग्र गर्ने कसरी यसलाई आफ्नो अधिनमा राख्ने भन्ने कुरा सिकाइन्छ । किनभने मन हाम्रो वसमा छैन; मनले हामीलाई वसमा पारिराखेको अवस्था छ । मनले हामीलाई गुलाम वनाइराखेको छ । उसले जे–जे चाहान्छ हामी त्यही–त्यही गर्दै जान्छौ । यस परिस्थितिलाई पल्टाएर  पहिलो चरणमा मनलाई आफ्नो वसमा राख्नु अति जरुरी हुन आउछ । यो कसरी गर्ने त भन्ने कुरालाई भगवान वुद्धले एक उपाय पत्ता लगाउनुभयो जसको नाम दिनु भएको छ आनापान साधना । यसमा आफ्नो मनलाई आफ्नो वसमा कसरी लिने भन्ने कुरालाई वताउनुभएको छ । मनलाई एकाग्र गर्ने अरु कयौं उपायहरु छन जस्तो म्यूजिक सुनेर, फिल्महरु हेरेर पनि मनलाई एकाग्र गर्न सकिन्छ । कुनै एक चोरले पनि कुनै चोरी गर्नको लागि एकाग्र नभै ऊ सफल हुन सक्दैन तर यी सबै उपाय वाट एकाग्र पारिएको मन शुद्ध हुदैन किनभने त्यो सम्यक साधना भएन । त्यसैले मनलाई एकाग्र गर्न पनि एउटा सही तरिका हुनु पर्दछ । मनलाई सही तरिकाले एकाग्र गर्न सासको अवलम्वनवाट जुन उपाय सिकाउनुभयो त्यो नै आनापान साधना हो । सास लिएको र सास छोडेको जानकारीवाट जुनको साधना गरिन्छ सुरुमा त मनलाई  एकाग्र गर्न निकै कठिन हुन्छ । तर क्रमशः अभ्यास गर्दै गएपछि मन एकाग्र हुन्छ । यसरी १० , १५ दिन देखि एक महिनासम्म अभ्यास गरेपछि सासको एकाग्रता हुन थाल्छ । यो भैसके पछि ऊ अव दोश्रो चरणमा जान योग्य ठहरिन्छ । दोश्रो चरण भनेको अन्तरमुखी हुने हो । आपूm भित्र के भैराखेको छ त्यसको जानकारी लिने । मन वाँणी र शरीरवाट हामी आफू भित्र धेरै विकारहरु जम्मा गरिराखेका हुन्छौं । गलत कर्म गर्छौ जो संस्कारको रुपमा , भयवित हुन्छौं, त्यो भएको रुपमा , क्रोधित हुन्छौ त्यो क्रोधको रुपमा इश्र्या,बैर भाव,कामवासना आदि अनेकौ प्रकारको मयलहरु एककठ्ठा गरिराखेका हुन्छौं त्यो मयल एकठ्ठा हुने पनि एक छुट्टै प्रक्रिया छ । हाम्रो शरीरमा आन्तरीक तरंगहरु निरन्तर चरीरहेका हुन्छन् । यी विकारहरु पनि कुनै न कुनै तरंगको रुपमा पहिले उत्पन्न हन्छन । त्यो मनको मयलरुपी तरंगप्रति हामी प्रतिक्रिया गर्दर्छौं । त्यो प्रतिक्रियाको सम्वद्र्धन हुन्छ र त्यो मयल हामी थुपार्छौं । यसलाई हटाउन शरीर भित्रवाट नै एक प्रकारको तरंग आउँछ त्यसलाई भगवान वेदना भनेर नाम दिनु भएको छ पछि यसलाई समवेदना भनेर भन्न थालियो । आफ्नो खोजवाट भगवान बुद्धले यो महत्वपूर्ण कडी पत्ता लगाउनुभयो । मनमा राग द्वेष उत्पन्न भयो भने मनले कसरी काम गर्छ त भन्ने कुराको खोजी गर्नुभयो । यो एक वैज्ञानिक खोज हो कुनै हचुवाको भरमा भनिएको कुरा होइन । उहाँ ले यसो गर्नुपर्छ भनेर मात्र भन्नु भएको होइन स्वयं आफूले नै प्रयोग गरी त्यसको पूर्ण विष्लेषण गर्नु भएको छ । यसै क्रममा मनको अवस्थालाई चार भागमा वाँढनु भएको छ । जसमा मनको पहिलो अवस्था ले घटनाको जानकारी लिने काम गर्दछ , दोश्रो अवस्थाले घटनाको मुल्याङ्गकन गर्दछ , तेश्रो घटना सुनेर शरीरको तरंगलाई परिवर्तन गर्दछ । राम्रो कुरा सुन्दा आनन्द र नराम्रो कुरा सुन्दा विस्मात को रुपमा त्यो तरंग परिवर्तन हुन्छ र चौथो घटनाप्रति प्रतिक्रिया गर्दछ जस्तै राम्रो कुरा सुन्दा सधै यस्तै भैदियोस् भन्ने र नराम्रो कुरा सुन्दा यस्तो कहिल्यै नभैदियोस् भन्ने प्रतिक्रियाको रुपमा तरंगलाई परिवर्तन गर्दछ । यो नै दुखको कारण हो । प्रिय वस्तुको अप्राप्तीमा दुःख, अप्रिय वस्तुको प्राप्तीमा दुःख, इच्छा गरिएको वस्तु प्राप्त नभएकोमा दुःख यी नै हाम्रा दुखका कारण हुन । त्यो सबै दुःख हुने कारण राग र द्वेषको कारणले नै हो । यसलाई कसरी रोक्ने भनेर भगवानले खोज्दै जाँदा मनको पहिलो र दोस्रो भाग त स्वतः नै भैहाल्छ यसलाई रोक्न मिल्दैन तर मनको जुन तेश्रो र चौथो भाग वेदना र त्यसको प्रतिक्रिया हो । वेदनालाई यदि प्रतिक्रिया गरिएन भने र त्यसको जानकारी मात्र लिन सकियो भने त्यमा राग र द्वेष उत्पन्न हुँदैन । यसो भयो भने जुन दुःख उत्पन्न हुने पाटो छ त्यसवाट हामी सुरक्षित हुन्छौं । त्यसैले भगवान बुद्धले यो सिकाउनु भयो कि जुन वेला मनमा वेदना उत्पन्न हुन्छ त्यसवेलामा प्रतिक्रिया नगर्ने । खाली जानकारी मात्र लिने । यही कुरा हामी विपश्नामा सिकाउँछौं । शरीरमा लाग्ने वोंसो जुन प्रति दिन घेरै खाना थप्दै जाँदा वढ्दै जान्छ र खानाको मात्रा घटाएपछि मात्र त्यो घटन थाल्छ त्यस्तै मनमा जम्मा भएका मयलहरु पनि त्यस्तै थपिदै जाने हुन्छ । जव हामी वेदनामा प्रतिक्रिया नै गर्दैनौ भने पहिले पहिले देखि भित्र रहेका मयलहरु पनि त्यो वोसो घटे जस्तो विस्तारै घट्दै जान्छन् । यही कुरा हामी विपश्नामा सिकाउँछौं । यसको परिणाममा हामी के अपेक्षा गर्न सक्छांै भने शरीरमा जुन भय,क्रोध हामीले जम्मा गरिराखेका हुन्छौं त्यो सबै यस को साधनाद्धारा हटाउन सकिन्छ । तपाईको शरीरमा पहिले देखि नै भयको सन्चय छ भने कुनै पनि भयको घटनाले तपाईलाई वढी भयवित गराउँछ, क्रोध पनि त्यही तरिकाले हुन्छ । यी सबै संञ्चित भय र क्रोधहरुलाई हटाउन सकियो भने यो यति जोडसंग आउँदैन । विपश्नावाट यही उपलब्धी हाँसिल गर्न सकिन्छ । हाम्रो जीवनमा आउने नराम्रो घटना नराम्रो कर्मका फल र राम्रो घटना राम्रो कर्मका फलहरु हुन् भगवान बुद्धले यही भन्नु भएको छ । हामी राम्रो कर्मले राम्रो र नराम्रो कर्मले नराम्रो फल त अवश्य पाउँदछौ मात्र समयको तलमाथि हुन सक्छ । विपश्नाले पहिलेदेखि संचित दुःखलाई पनि नास गर्छ र नयाँ दुःख पनि आउन दिदैन । विपश्ना साधना दुःखको निवारण हो । यदि दुःख आइहाल्यो भने पनि यसले त्यसको सामना गर्ने वल दिन्छ हिम्मत दिन्छ ।

     हजुर ले मैले सोध्न खोजेका सबै प्रशनहरुको एक मुष्ठ उत्तर दिनु भयो  अन्तमा ऐलेको आधुनिक जिवन शैलीमा विपश्ना गर्नु पर्छ भन्ने कुरा लाई कसरी पुष्टि गर्नु हुन्छ ?

यसको निष्कर्ष यही हो कि अहिलेको यो अवस्थामा सबैको जीवनमा दुःख छ धेरै असहज परिस्थितिहरु आइराखेका छन् । यसको कसरी सामना गर्ने भनेर मान्छेहरु आध्यात्मिक उपायहरु खेजिराखेका छन् । कोही यस्तो ठाँउमा गएर आए पछि र फाइदा भएको देखेपछि उसलाई त यस्तो फाइदा भयो मलाई पनि यसको आवश्यकता छ भन्ने कुराको महसुस गर्दछन् । विपश्नामा आएर अभ्यास गरी लिन सक्दछन् । जो कसैले पनि यस ठाँउमा आएर लाभ लिन सक्छ । सबैलाई स्वागत छ ।

TOP