योगको लक्षण, उपलव्धि र अनुभव

योगको लक्षण, उपलव्धि अनुभव

 

-उद्धवप्रसाद भटृराई (चैतन्यदीप)-

मनुष्यको जीवनमा तीनवटा घट्ना घट्छ ।जसमाजीव, माया र ब्रह्म पर्दछ । जीवमामायाको पर्दा छ । त्यो मायाभनेको इन्द्रियको माध्यमबाट मन, बुद्धि, चित्त र अहंकारले कार्य गर्दछ । जीवब्रह्ममालाग्यो भने मायाकमजोर हुन्छ, इन्द्रियको कार्यतिर लाग्यो भने मायाबन्धनमा पर्दछ । अबबन्धन के हो त भने जीवआसक्तिको कारण संकल्प र विकल्पका साथकर्म गर्दछ, इन्द्रियको साथलागेर तर्कवितर्क गर्दछ, शरीरलाई सत्यमानेर सुख र दुःखको कल्पनामा डुव्छ र मन, बुद्धि र चित्तको पछि लागेर अहंकार गर्दछ भने त्यो जीवमायाबन्धनमा परेको मानिन्छ । यि अन्तःकरणद्धारा कल्पितकर्म नै बन्धनको कारण हो । जबसम्म मन चञ्चल हुन्छ, बुद्धिले पनि ठीक कामगर्दैन, बुद्धिले ठीक कार्य नगर्नाले अहंकार बढ्छ । अहंकार बढ्नाले द्धन्द्ध बढ्छ ।

जसमामनुष्य सुखको सटृा दुःखमा पर्दछ । यसैले मन, बुद्धि, चित्त र अहंकारजनितविकारहरु समाप्तगर्नको लागि योगको आवश्यकता छ । योगले अज्ञानता नष्ट गर्छ, अन्तःकरणका विकारहरु खतम गर्छ, शरीरलाई शुद्ध बनाउँछ र मन शान्त, चित्तएकाग्र, बौद्धिक प्रखरता र आत्मा साक्षात्कार गराउँछ । चित्त शुद्ध एवं प्रशन्नबनाउने माध्यम योग हो । योगको अभ्यास गर्नु भन्दापहिले यसको लक्षण के हो ? यसबाट के फल मिल्दछ र अनुभव कस्तो हुन्छ ? यस विषयमाचिन्तनगर्नु जरुरी हुन्छ । योगका अनेक लक्षण छन् । स्वधर्मको पालनागर्नु, शास्त्र विरुद्धको आचरण परित्याग गर्नु सन्तुष्ट रहनु, आत्मा ज्ञानी पुरुषको पुजागर्नु, विषयवासना बढाउन कर्मदेखि टाढा रहनु, संसार बन्धनबाट छुटाउने धर्मप्रति प्रेम गर्नु, पवित्रएवं शुद्ध शाकाहारी भोजन गर्नु, एकान्त स्थानमा वस्नु, जीवको नसताउनु, सत्य बोल्नु, चोरी नगर्नु, आवश्यक वस्तु भन्दा बढी संग्रहनगर्नु, ब्रम्हचर्य व्रतको पालनागर्नु, तपस्यागर्नु अर्थात् इन्द्रियलाई वशमा राखीचित्त शुद्ध बनाउनु, धर्मको लागि कष्ट पनि सहनु, आन्तरिक र वाह्यचरित्रको निर्माण गरी पवित्रबन्नु, सद्शास्त्रको अध्ययन, मन र वाणीको संयम गर्नु, उत्तमआसनहरुको निरन्तर अभ्यास गर्नु, स्थिर आसनमालामो समयसम्म रहनुे प्रयास गर्नु, यम र नियममा रहीचरित्र निर्माणलाई महत्वदिनु, प्राणायामद्धारा श्वासको वशगर्नु, इन्द्रियलाई मनद्धारा विषयबाट हटाई इश्वरतर्फ लगाउनु, शरीरस्थित कुण्डलिनी चक्रहरुको जाग्रतगर्नु, विस्तारै बुद्धिद्धारा कुमार्गगामी दुष्ट चित्तको एकाग्र बनाई परमात्मातर्फ ध्यानलगाउने प्रयास गर्नु नै योगको मुख्यमुख्य लक्षण हुनजसलाई योगीहरुले योगको अभ्यास भनेका छन् ।

योग साधकले पहिले अष्टांग योगको प्रथम सिँढी यम र नियमलाई पालनागर्दै आसनको जित्नप्रयत्नगर्नुपर्छ । निरन्तर लामो समयसम्म एउटै आसनमा बस्न सक्ने भएपछि प्राणायामको अभ्यासद्धारा मनको बशमा गरी मेरुदण्डलाई सीधाएवं स्थिर बनाई एकान्त स्थलवा समयमाध्यानको अभ्यास गर्नुपर्छ । प्राणायाम मध्ये सुर्यभेदी प्राणायाम गरी चित्तलाई राग, द्धेषबाट मुक्तबनाउने र सुखदुःखबाट पर राख्ने अभ्यास गर्ने । जसरी सुनलाई अग्निमातपाउनाले मल समाप्तभई शुद्ध र पवित्र बन्छ, त्यसैगरि योगीपनि प्राणकोे जितेर चित्तलाई शीध्र शुद्ध बनाउँछ । शरीरभित्र रहेको वात, पित्त र कफदोष निवारण गर्न निरन्तर प्राणायामको अभ्यास जरुरी छ । गुरु र इश्वरमामनको निरन्तर धारणा बनाई राख्नाले मनुष्यपापरहितभएर हल्का बन्दछ । प्रत्याहारको अभ्यासले, साधकविषयको सम्वन्ध राख्ने चित्तलाई निर्मल बनाई परमार्थतर्फ उन्मुखहुन्छ । ध्यानले राग द्धेषरुपीदुर्गुणहरु समाप्त हुन्छ । ध्यानको अभ्यास गर्दा गर्दा चित्तनिर्मल एवं एकाग्र भएपछि तवभगवानको उपासना शुरु हुन थाल्छ । यसै स्थितिमा पुग्नकालागिअभ्यास गर्ने विधिलाई योग भनिन्छ । योग साधनको अभीष्ट फल नै सम्पूर्ण रुपमाआसक्तिहरुको अभावहुनु हो । आसक्तिनाशले चित्त शुद्ध हुन्छ र चित्तका समस्त वृत्तिहरुको अभावभई जीवात्मा सर्वात्मामाएकाकार हुन्छ र समष्टि चेतनाका साथआनन्दको भोग गर्दछ । तब उसमा प्रेम, शान्ति र समृद्धिको प्राप्तभई शुद्ध बुद्ध र मुक्त हुन्छ । यही योगको उपलव्धिहो । योग निष्कामकर्मको मार्ग हो योगले जीवलाईकर्म गरेर पनिकर्ता भावको अभावमा पुर्याउँछ । कर्म गरेर पनिकर्म गरेको अनुभूतिनहुनु र कर्म नै नगरेरपनिकर्ममा छु भन्ने स्थितिमा पुग्नु नै निष्कामकर्मयोग हो । यसैले योेगले मानिसलाई सुयोग्यमार्गमा डोर्याउँछ । आत्माको अनन्यशान्तिमा पुर्याउँछ, सफलताको उपल्लो चुचुरोमा टेकाउँछ र मनुष्यलाई पुण्यता र परिपूर्णताकोअनुभव गराई दिव्यतामा अड्याउँछ । जय गुरु देव ।

TOP