हिन्दु धर्ममा लेखिएअनुसार नाग लाई देवताको रुपमा पुजिन्छ, परापूर्व कालदेखि नै विभिन्न पुराण तथा धर्मग्रन्थ आदिमा नागदेवताको विशेष महत्व रहदै आएको पाइन्छ ।नाग भगवान शंकरको आभुषण हो भने भगवान विष्णुको शय्या समेत हो ।
नागको पूजा गरी तस्बिर टाँस्दा वर्षभरि घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने, अग्नि, मेघ र चट्याङको भयबाट बच्न सकिने जनविश्वास रहेको छ ।
यस दिनमा नागको सबै किसिमका नागका पूजा गर्ने गरिन्छ। नागका अष्टकुल अर्थात् अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको पूजा आजकै दिन गरिन्छ । नागपञ्चमी एक श्रद्धा र विश्वासको पर्व हो। यस दिनमा नागको साथै नाग धारण गर्ने भगवान भोलेनाथको पनि पूजा आराधना गर्ने गरिन्छ।
प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिंदै आइएको हो ।
नाग पञ्चमीमा नागको चित्र बनाई पूजा गरेर घरको द्वार (ढोका)मा टाँस्नाले सर्पको भय हुदैन भन्ने हिन्दू शास्त्रको मान्यता रहेको छ । नाग पञ्चमीका दिन नेपाल र भारतका विभिन्न नाग देवताको मन्दिरहरूमा नाग पञ्चमी मेला लाग्दछ। नागपञ्चमीका दिन व्रतालुले पाँचवटा टाउका भएको वा अष्टकुली नागको आकृति बनाई आफ्नो घरको ढोकामा गाईको गोबरले टाँस्ने चलन छ । त्यसपछि नागदेवतालाई दूध, दुबो, कुश, चन्दन, फूल, अक्षता, लड्डू अर्पण गरी पूजासमेत गरेर नाग स्तोत्रको पाठ गर्ने गरिन्छ ।
बर्षायाममा घर वरपर ठुला ठुला झारहरू उम्रिएर सर्प तथा अन्य बिषालु जीवहरू घरमा भित्रिने धेरै सम्भावना रहन्छ, अर्को कुरा साउन, भदौ तिर भारी बर्षा हुने र घाम पनि निकै टन्टलापुर लाग्छ । यस्तो मौसममा सर्पहरू घाम र पानीबाट बच्ने ठाउँको खोजीमा हुन्छन् यस्तो अवस्थामा घर वरपर जङ्गल भएमा सर्पहरू सोझै घरमा पस्न आउँछन् । मानिसहरू चाडपर्वमा घरको अन्य कामकाज छोडेर भए पनि आफ्नो घरआँगन सफा गर्छन् । यसरी घरआँगन सफा भएर घर वरपर सफा भयो भने सर्पहरूको डर कम हुने भयो । यस कारण नागपञ्चमीमा नागको पूजा गर्नाले सर्पको डर हुदैन भन्ने कुरा सत्य मानिन्छ ।
14th May 2019 , 9:38 am
17th Apr 2025 , 5:53 am
12th Apr 2025 , 2:05 pm
11th Apr 2025 , 2:06 am
10th Apr 2025 , 1:56 am
9th Apr 2025 , 8:04 am
14th May 2019 , 9:38 am