काठमाण्डौ – आज विश्व हेपाटाइटिसविरुद्धको दिवस : ‘अब चाँही हेपाटाइटिसविरुद्ध कदम चाल्ने समय आयो’ भन्ने नाराका साथ मनाईंदैछ । हरेक वर्ष जुलाई २८ तारिखलाई हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । बोलीचालीको भाषामा हेपाटाइटिसलाई ‘जण्डिस’ पनि भन्ने गरिन्छ ।
सामान्यतया, हेपाटाइटिस ए, बी, सी, डी र ई गरी पाँच प्रकारका हुन्छन् । हेपाटाइटिस ‘बी’ र ‘सी’ घातक मानिन्छ । भाइरस वा ब्याक्टेरियाका कारण हुने हेपाटाइटिसले गम्भीर समस्या निम्त्याउन सक्ने डाक्टरले बताएका छन् ।
हेपाइटाइटिस दुई तरिकाको हुन्छ । हेपाटाइटिसको शुरुको अवस्थालाई एक्यूट भनिन्छ भने पुरानो समस्यालाई क्रोनिक भनिन्छ । हेपाटाइटिसको प्रारम्भिक अवस्था शुरुको तीन महिनासम्म रहन्छ । यसको ६ महिनासम्म पनि उपचार नभएमा यसले क्रोनिक हेपाटाइटिसको रूप लिने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउनुहुन्छ ।
हेपाटाइटिसका कारण कलेजो सिरोसिस र क्यान्सरबाट हुने मृत्युलाई ६५ प्रतिशतले घटाउने लक्ष्य राखेको छ । तर नेपाल सरकारले भाइरल हेपाटाइटिस बी र सीका लागि राष्ट्रिय रणनीति बनाएपनि यसको रोकथाम र विरामीका लागि उचित व्यवस्थापन गर्न सकेको छैन् ।
वीर अस्पतालका कलेजो रोग विशेषज्ञ प्राडा.दिलिप शर्माले सरकारले लिभर हेल्थ जस्तो महत्वपूर्ण विषयमा पनि प्राथमिकताकासाथ काम नगरेको गुनासो गरेका छन् । नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उनले भाइरल हेपाटाइटिस ए, ई र भाइरल हेपाटाइटिस बी र सीलाई जनस्वास्थ्यको एउटा ठुलो मेजर थ्रेट मान्न आवश्यक रहेको भन्दै अहिले सरकारको तर्फबाट लिभर हेल्थको लागी जति काम कारवाही हुनुपर्ने हो त्यो नभएको गुनासो गरे ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को विश्वव्यापी हेपाटाइटिस रणनीतिअनुसार सदस्य राष्ट्रमा सन् २०३० सम्म नयाँ हेपाटाइटिस सङ्क्रमण ९० प्रतिशत र मृत्युलाई ६५ प्रतिशतले घटाउने लक्ष्य छ । डाक्टरका अनुसार हेपाटाइटिस रोगको रोकथामको पहिलो उपाय भनेको यसको पहिचान नै हो । हेपाटाइटिसको परीक्षण नियमित गर्नुपर्छ ।
हेपाटाइटिस नभएका व्यक्तिले यसविरुद्धको खोप लगाउने, उमालेको पानी पिउने र सफा स्वच्छ आहार खाने, रातो मासु, रक्सी नखाने र जन्डिस तथा खाना अरुचिको लक्षण देखिएमा आवश्यक परामर्श लिन डाक्टरको सल्लाह छ ।
14th May 2019 , 9:38 am
2 hours ago
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago
14th May 2019 , 9:38 am
21st Mar 2025 , 12:24 pm
21st Mar 2025 , 9:02 am
8 hours ago
23rd Mar 2025 , 8:30 am
20th Mar 2025 , 4:14 am