

दोश्रो पटक ब्रेन ट्युमर भइ आकस्मिक उपचार पछि हाल अन्नपूर्ण न्युरो अस्पतालमा स्वास्थ्य लाभ लिइरहनुभएका बाग्लुङ, निसिखोला- ४ थापागाउँ स्थाइ ठेगाना भइ हाल कपिलबस्तु बाणगंगा नगरपालिका -२ राजपुरका टंकबहादुर रेग्मीलाई आर्थिक सहायता गरिएको छ । आर्थिक अभावमा उपचार प्रक्रियामा अप्ठ्यारो परेको जानकारी पाएपछि हङकङ स्थित राज भण्डारी (भुमीराज भण्डारी ) को पहल र राम केसी र कृष्ण कँडेलको समेत सकृयतामा हङकङबाट संकलित रकम २,८२,६०० (दुई लाख बयासी हजार छ सय) र जापानबाट बालकृष्ण रिजाल र पर्वत समाज जापानको पहलमा ने.रू ३३,८५८ (तेत्तिस हजार आठ सय अन्ठाउन्न) गरी जम्मा भएको सहयोग रकम रू ३,१६,५०० (ने.रू. तिन लाख सोह्र हजार पाँच सय) बिरामीलाई सहयोग स्वरुप हस्तान्तरण गरिएको हो। हस्तान्तरण कार्यक्रमलाई दिब्य समाजका सचीव संचारकर्मी शिरोमणि दवाडी र सदस्य यदुनाथ गैरेले सहजीकरण गर्नुभएको थियो। सहयोग रकम ग्रहण गर्दै निकै भावुक मुद्रामा स्वयं बिरामी र उँहाका आफन्तहरूले यस सहयोग अभियानमा साथ, सहयोग दिनुहुने सबैमा धन्यबाद ब्यक्त गर्नुभयो । उपचाररत रेग्मीले बिदेशबाट आफ्नो पसिनाको कमाइ छुट्याएर सहयोग गर्नुभएको कुराले आफूलाई आत्मबल मिलेको मिलेको बताउनुभयो । सहयोग रकम हस्तान्तरण गर्दै दाता केसी र कँडेले बिरामीको सिघ्र स्वास्थ लाभको कामना गर्दै सबैमा थप सहयोगको अपिल पनि गर्नुभयो । हङकङबाट भण्डारीले आफूहरूले सहयोग पठाइ नेपालमा रहेका बिरामीको स्वास्थ लाभ हुँदै गएको सुन्दा अत्यन्त खुसी लागेको बताउनुभयो ।
सहयोग रकम हस्तान्तरण कार्यक्रम गर्नुहुने दिब्य समाजका सचीव संचारकर्मी शिरोमणि दवाडी र सदस्य यदुनाथ गैरेले मानबता नै ठूलो धर्म रहेकाले सबैले सबैलाई परेको बेला सहयोग गर्नु मानव कर्तव्य रहेकोमा जोड दिनुभयो ।
14th May 2019 , 9:38 am
6th Nov 2022 , 3:15 pm
11th Oct 2022 , 2:56 pm
29th Sep 2022 , 8:07 am
28th Sep 2022 , 9:32 am
27th Sep 2022 , 3:21 pm
14th May 2019 , 9:38 am