आँप स्वस्थ्यका लागि कति लाभदायक ?


हिजोआज बजारमा आँप छ्यापछ्याप्ति पाइन थालेका छन् । आँपलाई स्वाद र स्वास्थ्यका दृष्टिले ‘फलको राजा’ भन्ने गरिन्छ । फलको राजा मानिने आँप गर्मी मौसममा पाइने फलफूल हो । आँपमा प्रशस्त मात्रामा भिटामिन ए, भिटामिन सी का साथै कपर, जिंक, पोटाशियम, मिनरल्स पाइन्छ । यसको नियमित सेवन गर्नाले शरीरलाई निकै फाइदाजनक हुन्छ । त्यसैले आफ्नै खेतबारी, घर आँगन तथा बजारमा सजिलै पाइने आँपको उपभोगबाट हामीले हाम्रो शरिरकालागि विभिन्न फाइदा पु–र्याउन सक्छौं ।

आँपका फाइदाः
१) आँपमा भिटामिन ए, सी साथै फाइबर पाइने हुनाले आँखा सम्बन्धी समस्या साथै शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गरि मुटु सम्बन्धी समस्याबाट पनि छुटकरा पाउन सकिन्छ ।
२) आँपमा उच्च मात्रामा भिटामिन सि पाइने हुनाले शरीरलाई रोग प्रतिरोधी बनाउन मद्दत गर्छ ।
३) आँपमा फाइबर उल्लेख्य मात्रामा पाइने हुनाले यसको प्रयोगले पाचन शक्तिलाई राम्रो बनाउछ र मेटाबोलिक रेटलाई वृद्धि गर्छ । आँपको नियमित सेवनले पेटका समस्याहरु जस्तैः कब्जियत, एसिडिटी तथा ग्याँस्ट्राइटिसको समस्याबाट छुटकारा पाउन सकिन्छ
४) आँपको सेवनले शरीरमा शक्ति प्रदान गरि रोगप्रतिरोधात्मक क्षमता बढाउछ, शरीरमा इन्फेक्सन हुनबाट बचाउँछ ।
५) आँपमा प्रशस्त मात्रामा आइरन पाइने हुनाले शरीरमा रगत बढाउनुका साथै एनिमियाको समस्याबाट छुटकारा पाउन सकिन्छ ।
६) आँपमा भरपूर मात्रामा पाइने भिटामिन बी ६ ले मस्तिष्कलाई स्वस्थ राखी स्मरणशक्ति बढाउन मद्दत गर्छ ।
७) यसको सेवन ब्लडप्रेशर लेवल कन्ट्रोल गर्न सहयोगी सिद्ध बन्नेछ ।
८) आँप एन्टिअक्सिडेन्टयुक्त हुने हुनाले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर कोलोन क्यान्सर तथा ल्युकेमियाबाट बचाउछ ।
९) आँपले रगतमा हुने घातक होमोसिस्टाइन तहलाई नियन्त्रण गरी हृदयाघात हुनबाट बचाउछ ।
१०) आँँप फोलेट र फोलिक एसिडयुक्त हुन्छ, जसले प्रजनन क्षमता बढाउन मद्दत गर्छ ।
११) आँपमा हुने भिटामिन ई ले मानिसमा यौनक्षमता बढाउन मद्दत गर्छ । यसले कोलेस्टेरोल घटाउन र मधुमेह रोक्न मद्दत गर्छ ।
१२) आँपमा एन्टिअक्सिडेन्ट पाइने हुनाले कोषलाई पुनजीर्वन दिन तथा पुननिर्माण गर्न मद्दत गर्छ । यसले छालालाई भित्रैबाट रासायनिक पदार्थको असरबाट जोगाउछ ।
१३) आँपले छालाका लागि निकै राम्रो गर्छ, छालामा भएका काला धब्बा तथा दाग हटाउछ र प्राकृतिक चमक ल्याउछ
१४) आँपमा कपर, सेलेनियम, जिंक तथा पोटासियम हुन्छ, जुन मानव स्वास्थ्यका लागि आवश्यक हुन्छ । यसको अभावमा शरिरमा विभिन्न किसिमका स्वास्थ्य समस्या देखापर्दछन्। ।
१५) आँप भिटामिन र खनिजयुक्त भएकाले यसले कपालको वृद्धिलाई पनि लाभ मिल्छ । यसले कपालमा कन्डिसनरको काम गर्छ । यसमा हुने भिटामिन ए ले चाँया हटाउछ र कपालमा चमक ल्याउछ ।
१६) सुख्खा खोकी छ भने एक पाकेको आँपलाई आगोमा सेकाएर र सेलाएपछि बिस्तारै चुसेमा खोकी निको हुन्छ ।
१७) कान दुखेकोमा अबस्थामा आँपको पातको रसलाइ हल्का तातो पारेर २ थोपा कानमा राखेमा लाभ मिल्छ ।
१८) कब्जियत भएमा पाकेको आँपसँगै तातो दूध पिउने हो भने दिसा खलास भइ कब्जियतबाट छुट्कारा मिल्छ ।
१९) बच्चाको माटो खाने बानी छुटाउन आँपको कोयाको चूर्ण पानीमा मिलाएर दिनहु दुई तीनपटक खान दिने हो भने पेटको किरा पनि मर्छ ।
२०) गिजाबाट रगत निस्कने समस्यामा आँपका कोयालाइ पिसेर मन्जन बनाउने हो भने पायरियासहित दाँतको
सबै रोगबाट लाभ मिल्छ ।
२१) गर्मी लागेमा काँचो आँपको रस पिउनाले राहत मिल्छ । एक कप आँपको रसमा ५० ग्राम मह मिसाएर बिहान बेलुकी सेवन गर्नाले क्षयरोगमा लाभ मिल्द्छ ।
२२) मधुमेहमा आँपको पातलाई छाँयामा सुकाएर धुलोबनाएर ५–५ ग्राम बिहान बेलुकी पानीमा राखेर १०–१५ दिन लगातार सेवन गर्ने हो भने लाभ मिल्दछ ।
२३) २०० ग्राम आँपको रस, १० ग्राम अदुवाको रस र २५० ग्राम दूध मिसाएर पिउनाले शारीरिक र मानसिक निर्बलता नष्ट हुन्छ र स्मरणशक्ति बढाउँछ ।
यसरी नै हाम्रा वरपर पाइने सबै फल तथा फूलहरुले आ आफ्नै किसिमका बिशेष गुण तथा विशेषताहरु बाकेका हुन्छन् । जसलाइ चिनेर सहि तरिकाले उपभोग गर्न सकियो भने निश्चयनै हाम्रो स्वास्थ्यमा अनुकुल प्रभाव बनाएर हामीलाइ निरोगी भएर जिवनयापन गर्न मद्धत पुर्याउनेछन् ।

TOP