

सुदुरपश्चिमको बिकट जिल्ला कालिकोटको रासकोट स्थित रासकोट अस्पताललाई हङकङ स्थित हङकङ नेपाल हिन्दू एशोसिएसन (हिन्दू मन्दिर) ले संकलन गरी पठाएको सहयोग सामग्री दिब्य सेवा समाज काठमाण्डौको समन्वयमा अस्पताल परिसरमै पुर्याएर हस्तान्तरण गरिएको छ। दिब्य सेवा समाजका अध्यक्ष रामभक्त श्रेष्ठ र सचीव शिरोमणि दवाडीले अस्पतालका प्रवन्धक कौशल न्यौपाने सहित चिकित्सकको टोलीलाई सहयोग सामग्री हस्तान्तरण गर्नुभएको हो।
संचारकर्मी रबि लामिछानेको अगुवाइमा अस्पतालको भौतिक पूर्वाधार निर्माण गरिए पछि स्थानीय समाजसेवीहरूकै सक्रियतामा अस्पताल संचालनमा ल्याएको छ। कार्यरत कर्मचारी र चिकित्सकको तलब रासकोट नगरपालिकाले उपलब्ध गराए पनि अस्पतालसम्म बिरामी पुर्याउने एम्बुलेन्स, उपचारमा प्रयोग हुने उपकरण र बिरामीहरूका लागि आकस्मिक उपचारका लागि औसधिको अभावमा अस्पताल संचालन भैरहेको खबर पाए पछि केही राहत पुगोस भन्ने हेतुले दाताहरूबाट सहयोग जुटाइ बिरामीहरूका लागि अत्यावश्यक सामग्री उपलब्ध गराइएको हिन्दू मन्दिरकी अध्यक्ष गोमा देवी शर्माले जानकारी गराउनुभयो। सुत्केरी महिला, भर्खर जन्मिएका शिशु तथा अशक्त बिरामीहरूलाई लत्ताकपडा, अस्पतालमा प्रयोग हुने थर्मस, मास्क लगायतका सामग्रीहरू उपलब्ध गराएको थियो। सोही अवसरमा अध्यक्ष श्रेष्ठ तथा सचिव दवाडीले बेडमा रहेका बिरामीको अवस्था बुझेर राहत सामाग्री तथा नगद सहयोग रकम समेत प्रदान गर्नुभयो। बिकट ठाउँमा आएर स्वयं बिरामी भेटी सहयोग गर्न पाएकोमा खुसी लागेको बताउँदै आगामी दिनमा संस्थाको अगुवाइमा सहयोग कार्यक्रमलाई निरन्तरता दिने उहाँले बताउनुभयो। प्रवन्धक न्यौपानेले अक्सिजन सिलिन्डर, आइसियुका उपकरण र एम्बुलेन्स अत्यावश्यक रहेको बताउँदै सहयोगी संघसंस्थाको खोजी भैरहेको जानकारी गराउनुभयो। हवाइ यातायातको सेवा नभएको र स्थल यातायातबाट पनि एक दिनभरको यात्राबाट मात्र सुर्खेतसम्म पुग्न सकिने हुनाले औसधि ढुवानीमा पनि समस्या रहेकोे कार्यरत चिकित्सकहरूले जानकारी गराउनुभएको थियो। अत्यन्त अप्ठ्यारो र बिकट बाटो भएकाले घन्टौँ बोकाएर ल्याएका बिरामीलाई सघन उपचारका लागि रिफर गर्दा बाटोमै ज्यान जाने गरेको उहाँहरूले अनुभव सुनाउनुभयो ।
हङकङ स्थित सहयोगदाताहरूको नामावली : समला राई, गोमा देवी शर्मा, ओम माया पुर्जा, सरमाया पुन, सीता बस्नेत, युलोङ मिना, टीका गुरुङ (संखुवासभा ), कुमारी गुरुङ (बेगनास स्टोर), भिभा गुरुङ, मिरा बस्नेत, धन नारायण श्रेष्ठ, हैसरा पाइजा, देबिका तिलिजा, केश माया पुर्जा, कमला पाण्डे, मिना पाण्डे, राज श्रेष्ठ (आमा बुबा सहित), तुला पाइजा, सन्तु श्रेष्ठ, बबिता बस्नेत, सुमि गुरुङ, पार्बती गुरुङ, शंकर खड्का, अनिता खड्का, बिना पुन(कौसिला)
प्रविष्ट गर्नुहोस्
14th May 2019 , 9:38 am
6th Nov 2022 , 3:15 pm
11th Oct 2022 , 2:56 pm
29th Sep 2022 , 8:07 am
28th Sep 2022 , 9:32 am
27th Sep 2022 , 3:21 pm
14th May 2019 , 9:38 am