

आगामी भाद्र ३० देखि असोज १ गतेसम्म नेपालमा ३ दिने “द हिमालयन भिगन फेस्टिबल” हुने भएको छ। सो कार्यक्रममा २ पटकसम्म सगरमाथा आरोहण गरिसकेका पहिलो भिगन सगरमाथा आरोही कुन्तल जोइसर लगायत ३२ देशका १०० भन्दा बढी बिज्ञहरू सहभागी हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
जोइसरले आफ्नो अनुभव सुनाउँदै पूर्ण वनस्पति भोजन र यसका अनेकौँ फाइदाबारे बुझेर आफू पूर्ण भिगन अर्थात माछामासु, दहीदूध र महसमेत नखाने शाकाहारी भएको बताए ।उनले प्राकृतिक इको सिस्टमलाई कायम राख्न,वातावरणलाई बनस्पति मैत्री बनाउन, विभिन्न रोगबाट वच्न,स्वस्थ जीवनका जिउन र शान्ति तथा मैत्रीपूर्ण जिवनयापनका लागि शुद्ध शाकाहारी जीवन आवश्यक रहेको बताए। कार्यक्रम संयोजक भिगन अभियन्ता सुरेश राज शर्माका अनुसार नेपालसँगै सोही समयमा भुटानमा पनि फेस्टिबल आयोजना हुनेछ।भिगन फेस्टिबलमा सर्वसाधारणका लागि निशुल्क प्रवेशको ब्यबस्था रहनेछ।
फेस्टिबलमा खाना, खाना पकाउन सिकाउने कक्षा, चलचित्र स्क्रिनिङ र म्याराथनसमेत हुनेछन् । कुन्तलमा आफैँ अन्र्तराष्ट्रिय एथलेटसमेत हुन्। कुन्तल आफैँमा फोटोग्राफरसमेत हुन् र उनका फोटो र फोटोकथाहरू नेसनल जियोग्रफिक, बिबिसी अर्थ, द आउटडोर जर्नल, हिमालयन जर्नललगायत अन्य म्यागाजिनहरूमा छापिएका छन्। वातावरण र प्रकृति संरक्षणको उदेश्यका लागि भिगन बनेका उनी मिनिमलिस्ट पनि हुन्।
14th May 2019 , 9:38 am
6th Nov 2022 , 3:15 pm
11th Oct 2022 , 2:56 pm
29th Sep 2022 , 8:07 am
28th Sep 2022 , 9:32 am
27th Sep 2022 , 3:21 pm
14th May 2019 , 9:38 am