

नारायण खतिवडा (पथरी,मोरंग) –
विश्वशान्ति तथा अध्यात्म विज्ञान समाज (द ग्लोबल सोसाइटी फोर पिस एण्ड स्प्रीच्युअल ) ले अष्ट्रेलियाबाट अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर भर्चुअल योगा कार्यक्रम आयोजना गर्यो ।सो कार्यक्रममा देशविदेशबाट जुमको माध्यमबाट योग प्रेमीहरूको उपस्थितिका साथै शुभेच्छा आदानप्रदान,कबिता बाचन,हाँस्य प्रहसन र शुभकामना प्रस्तुत गरेर ऐक्यवद्धता जनाएका थिए । अषाढ १ देखि ७ सम्म सप्ताह ब्यापी आयोजना गरिएको कार्यक्रममा अस्ट्रेलिया,अमेरिका,क्यानडा,जापान लगायतका देशबाट अध्यात्मप्रेमीहरूलाई आतिथ्यता गराइएको थियो।नेपालबाट प्राध्यापक डा.क्षितिज बराकोटी, वरिष्ठ प्राकृतिक चिकित्सक डा. हरिप्रसाद पोखरेल मानसाग्नी, पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेल,आध्यात्मिक गुरु चैतन्य कृष्ण लगायतका ब्यक्तित्वको उपस्थिति थियो।कार्यक्रमकै अवसरमा अष्ट्रेलियाको सिड्नीबाट योग उत्सव देखाइएको थियो ।संस्थाको मुख्य लक्ष्य नेपाललाई योगको केन्द्र बनाउने र यसका लागि योगसँग सम्बन्धित संस्थासँग समन्वय र सहकार्य गर्दै जाने रहेको छ । संस्थाका संस्थापक योगगुरु आचार्य राजन शर्माको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो भने योगगुरु दीर्घराज गिरी ,महेश खनाल,गंगा राज सुबेदी,अर्जुन ज्ञवाली, शिब बस्याल,भरतराज पौडेल र सोमिका श्रेष्ठले कार्यक्रम संचालन गर्नुभएको थियो ।योग अलाइन्सबाट मान्यता प्राप्त गरी सन २०२५ सम्ममा ५००० योग गुरु तयार पार्ने लक्ष अनुसार योग प्रशिक्षण नि:शुल्क गरिदै आएको छ|साथै संस्थाले दैनिक सन्चालित अन्तर्राष्ट्रिय योग प्रशिक्षणमा योगासन ,ध्यान, मुद्रा, प्रणायाम, आहारविहार चर्या, प्रयोगात्मक ज्ञान ,संस्कृत, खगोल गणित, वाक कला, आयुर्वेद ,अङ्ग्रेजी भाषा ,वैदिक गणित, षट्कर्म, उपनिषद, जस्ता विषयहरुमा अध्यापन गराउंदै आएको छ।
14th May 2019 , 9:38 am
6th Nov 2022 , 3:15 pm
11th Oct 2022 , 2:56 pm
29th Sep 2022 , 8:07 am
28th Sep 2022 , 9:32 am
27th Sep 2022 , 3:21 pm
14th May 2019 , 9:38 am