

झापा,कवच सम्बाददाता:-
संसारभर छरिएर रहेका दवाडीहरूलाई एकताबद्ध गराउने अभियान स्वरुप वशिष्ठ गोत्री दवाडी बन्धुहरूको ५ दिवशीय बन्धु भेला तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कोरोना भाइरस (कोभिड-१९) को दोस्रो भेरियन्टका कारण भौतिक उपस्थिती हुन नसक्ने अवस्थामा जुम एप मार्फत सञ्चालित भेलामा दवाडी बन्धुहरूको उल्लेख्य सहभागिता रहेको थियो । अन्तर्क्रियात्मक भेलामा नेपालको झापा, इलाम, पाँचथर, मोरंग, सुनसरी, उदयपुर, चितवन, नवलपरासी, कास्की, गोरखा, लमजुङ, धादिङ, काठमाडौं, ललितपुर, भक्तपुर, धनगढी लगायतका प्रतिष्ठित बन्धुहरूको सहभागिता रहेको थियो ।
प्रतिष्ठानको कनकाई नगरपालिका वडा नं. ४ मा खरिद गरिएको २ कठ्ठा ५ धुर जग्गामा वशिष्ठ ऋषिको प्रतिमासहितको भवन निर्माण तथा दवाडी बन्धुहरूले प्रत्येक ३-३ वर्षमा गर्दै आएको कुलपूजा (देवाली) का बारेमा छलफल तथा अन्तर्क्रिया भएको हो ।त्यसैगरी भारतको दिल्ली, मणिपुर, सिक्किम तथा वर्मा, अमेरिका लगायतका देशबाट उल्लेख्य रूपमा दवाडी बन्धुहरूको सहभागिता रहेको थियो ।
जुम भेलाबाट नै भवन निर्माण उप-समिति समेत गठन भएको छ । समितिको संयोजकमा कनकाई नगरपालिका निवासी मोतीलाल दवाडी चयन भएका छन् भने सदस्यहरूमा टंकप्रसाद, दुर्गाप्रसाद, डिल्ली दवाडी र ईश्वर दवाडी रहेका छन् ।
त्यसैगरी आर्थिक परिचालन तथा सदस्य विस्तार उप-समितिको संयोजकमा ईश्वरी दवाडीलाई जिम्मेवारी तोकिएको छ भने सदस्यहरूमा रोहिणीरमण कमल दवाडी, रमा दवाडी, हिमा दवाडी, हेमन्त दवाडी सिक्किम रहेका छन् ।
जुम भेलाबाट नै सूचना, सञ्चार तथा सम्पर्क उप-समितिको संयोजकमा शिरोमणी दवाडी रहेका छन् भने सदस्यहरूमा ईश्वरी दवाडी, वेदप्रसाद दवाडी रहेका छन् ।
त्यसैगरी कुलपूजा व्यवस्थापन उप-समितिको संयोजकमा छबिलाल दवाडी रहेका छन् भने सह-संयोजकमा पुण्यप्रसाद दवाडी चयन भएका छन् र सदस्यहरूमा इन्दिरा दवाडी, उषा र हिमा दवाडीलाई जिम्मेवारी तोकिएको छ ।
त्यस्तै महिला परिचालन उप-समितिको संयोजकमा शुष्मा दवाडी र सदस्यहरूमा भोजकला दवाडी र उषा दवाडी रहेका छन् ।
भेलामा उपस्थित बन्धुहरू झापा धुलाबारी निवासी हेमन्तराज दवाडीले भवन निर्माणका लागि ३ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् भने झापा शिवसताक्षी ११ निवासी छबिलाल दवाडी ३ लाख रुपैयाँ साथै काठमाडौं निवासी हाल अमेरिकामा बस्दै आएका भूमिनन्दन दवाडीले ३ लाख रुपैयाँ उपलब्ध गराउने भएका छन् । त्यसैगरी उपस्थित धेरै बन्धुहरूले ५० हजार रुपैयाँ माथि भवन निर्माणमा योगदान गर्ने प्रतिवद्धता जनाएका छन् ।
जुम भेला तथा अन्तर्क्रियाकै क्रममा प्रतिष्ठानलाई मजबुत बनाउन एक सय बढी बन्धुहरूले आजीवन सदस्यता ग्रहण गर्ने घोषणा गरेका छन् । प्रतिष्ठानको विधानमा आजीवन सदस्यता लिन ५ हजार रुपैयाँ लाग्ने प्रावधान रहेको छ । कार्यक्रममा हिमनाथ दवाडी, भूमि दवाडी अमेरिका, कृष्ण दवाडी वर्मा, कृष्णलाल दवाडी मणिपुर, ताराचन दवाडी सिक्किम, हेमन्त तथा अभिचन्द्र दवाडी दक्षिण सिक्किम, नारद दवाडी पूर्व सिक्किम, गणेश दवाडी काठमाडौं, ईश्वर दवाडी झापा, छबिलाल दवाडी र चेलीबेटी तथा ज्वाइहरूका तर्फबाट भीम निरौला दवाडी लगायत ५० बढी बन्धुहरूले सुझावसहित आ-आफ्नो धारणा राखेका थिए ।
प्रतिष्ठानका अध्यक्ष हेमन्तराज दवाडीको अध्यक्षतामा भएको भर्चुअल भेला तथा अन्तर्क्रिया कार्यक्रमको औचित्य तथा प्रतिष्ठानले आजसम्म गरेका कार्यको बारेमा जानकारी गराएका छन् । कार्यक्रमको सञ्चालन ईश्वर दवाडी, शिरोमणी दवाडी तथा भाञ्जी विद्या सिग्देलले आलोपालो गरी गरेका थिए ।
14th May 2019 , 9:38 am
6th Nov 2022 , 3:15 pm
11th Oct 2022 , 2:56 pm
29th Sep 2022 , 8:07 am
28th Sep 2022 , 9:32 am
27th Sep 2022 , 3:21 pm
14th May 2019 , 9:38 am