आध्यात्मिक पत्रकार समाज (आपस)ले रोग निवारण शान्ति प्रार्थना गर्ने भएको छ । कार्यक्रम यही जेठ १२ गते बुद्धपूर्णिमाका दिन बेलुका ८ बजे भर्चुअल माध्यमबाट गरिनेछ । विश्वभर फैलिएको कोराना भाइरस कोभिड १९ नियन्त्रण तथा विश्वशान्तिको कामना गर्दै सम्पूर्ण मानव जगतलाई आध्यात्मिक उर्जा प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आपस अध्यक्ष शिरोमणि दवाडीले जानकारी दिनुभयो ।कार्यक्रममा नेपाली लोक बाजा संग्रहालयको तर्फबाट विशेष शंखध्वनि, श्री मनकामना संस्कृत विद्यापीठ गुरुकुल बाणगङ्गा-२, नन्दनगरका बटुकहरुबाट शान्तिपाठ र नेपाल संस्कृत विश्वविद्यालय वाल्मिकि विद्यापीठ धर्मशास्त्र विभाग अध्यक्ष प्रा.डा. देवमणि भट्टराईको रोग र महामारीको धार्मिक मान्यता र उपायबारे विशेष प्रवचन रहने महासचिव लक्ष्मण पन्थीले कवच अनलाइनलाई जानकारी दिनुभयो ।अहिलेको महामारीका समयमा सबैले आआफ्नो तर्फबाट पहल गरिरहँदा आध्यात्मिक पत्रकार समाज(आपस)ले वैदिक परम्परा तथा धार्मिक पद्धतिलाई आधार बनाएर भर्चुअल माध्यमबाटै भए पनि सबैमा सुस्वास्थ्य तथा दिर्घायूको कामना स्वरुप कार्यक्रम तय गरिएको आपसका उपाध्यक्ष सन्तोष बशिष्ठले जानकारी गराउनुभयो।कार्यक्रम बुद्ध जयन्ती तथा चन्डी पूर्णिमाका दिन पारेर जेष्ठ १२ गते राती ठिक ८ बजेर १३ मिनेटको साइतमा गरिने उहाँले बताउनुभयो ।
14th May 2019 , 9:38 am
10 hours ago
10th Jun 2025 , 4:01 am
17th Apr 2025 , 5:53 am
12th Apr 2025 , 2:05 pm
11th Apr 2025 , 2:06 am
14th May 2019 , 9:38 am
10 hours ago
10th Jun 2025 , 4:01 am