

अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल लगायत नेपाल बाहिरका लागि भाइटिका लगाउने उत्तम साइत सार्वजनिक गरेको छ । समितिको मङ्गलबार बसेको बैठकले नेपालमा स्थानिय समय अनुसार ११ बजेर ३० मिनेट जाँदा उत्तम साइत रहेको र नेपाल सहित अन्य २४ वटा देशमा टीका लगाउने सही समय तय गरेको समितिका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईले जानकारी दिनुभएको छ । उहाँका अनुसार धेरै नेपालीको बसोबास रहेको क्षेत्रमा माग बमोजिम टीकाको साइत तयार पारिएको र अहिले अमेरिकाका लागि त्यहीँको समयसँग मिल्दो पात्रो बनाउने काम समेत चलिरहेको भन्दै विदेशमा बस्नेहरूको लागि पनि भाइटिका अन्यौल नहोस् भनेर त्यहीको ग्रहको दृष्टि अनुसार समय यकिन गरिएको जानकारी दिनुभयो ।
समितिका सदस्य सचिव आचार्य सन्तोष वाशिष्ठले अघिल्लो वर्ष विदेशमा समेत टीका लगाउने यकिन समय तय गरिएकोमा यो वर्ष झनै धेरै देशबाट यसको माग भएकोले माग बमोजिम २४ वटा देशमा टीका लगाउने साइत जुराइएको जानकारी दिनुभयो । बैठकले निर्णय गरी विज्ञप्ती मार्फत शुभ साइत सार्वजनिक गरिएको समितिका सदस्य लक्ष्मण पन्थीले जानकारी दिनुभयो । यस सम्बन्धि सम्पूर्ण बिवरण यसैसाथ छ।
14th May 2019 , 9:38 am
6th Nov 2022 , 3:15 pm
11th Oct 2022 , 2:56 pm
29th Sep 2022 , 8:07 am
28th Sep 2022 , 9:32 am
27th Sep 2022 , 3:21 pm
14th May 2019 , 9:38 am